नेभिगेसन मेनु

युरोपमा लिग खेल्न 'साम्बा'को बिदाइ
सम्पादक:南亚网络电视
समय:2023-07-19 16:06

thumb

काठमाडौँ — नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई व्यावसायिक फुटबल खेल्न इजरायलका लागि बिदाइ गरिएको छ ।

बुधबार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी उनलाई बिदाइ गरिएको हो । 'साम्बा' को नामबाट चिनिने सावित्रा इजरायलको क्लव हापोएल रानानाबाट युरोपमा लिग खेल्ने तयारीमा छिन् ।

बिदाइ कार्यक्रममा बोल्दै नेपालका लागि इजरायली राजदूत हानन गोदारले इजरायली क्लवमा नेपाली खेलाडी भित्र्याउनु ऐतिहासिक क्षण भएको र सावित्राको खेल हेर्न आतुर रहेको प्रतिक्रिया दिएका छन् । उनले खेलकुदले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने पनि विश्वास व्यक्त गरेका छन् ।

‘म धेरै नै खुसी छु, किनभने ऐतिहासिक क्षण छ, हामी सबै युरोप लिगमा नेपाली खेलाडी सावित्रा भण्डारीले खेलेको हेर्न आतुर छौँ । हाम्रो देश र दूतावास उनीको स्वागतका लागि तयार छ । हामीले हस्ताक्षर गरेका छौं, अब उनीले खेलेको खेल हेर्न बाँकी छ, यसले दुई देशको सम्बन्ध थप विस्तार हुनेछ,’ उनले भने ।

बिदाइ कार्यक्रममा बोल्दै फरवार्ड भण्डारीले यति छोटो समयमा आफूले कल्पना नगरेको सम्मान पाएको बताएकी छन् । उनले एसियाबाट युरोपमा लिग खेल्न जाँदै गर्दा आफूसँग चुनौती भए पनि त्यसलाई स्वीकार्न तयार रहेको बताइन् ।

साथै आफूले दक्षिण एसियामा आफूलाई प्रमाणित गरिसकेको र युरोपमा हुने लिगमा पनि अन्तिमसम्म नै प्रमाणित गर्न लागिपर्ने बताएकी थिइन् । आफ्नो यो यात्रा भावि पुस्ताका लागि र महिला फुटबललाई हेर्ने दृष्टिकोण बदल्न आवश्यक रहेको बताइन् ।

‘मन्त्रज्यूबाट यो खालको अपेक्षा गरेकी थिइनँ । त्यहीमाथि एन्फाको अध्यक्ष आउनुभएको छ, इजरायल दूतावासबाट आउनुभएको छ, परिवार आउनुभएको छ, मैले उनीहरुबाट यस खालको सम्मानको अपेक्षा गरेकी थिइनँ, मैले बंगलादेशबाट भिसाको अपिल गर्ने त्यसपछि गइहाल्छु भन्ने सोचेकी थिएँ, बंगलादेशबाट अस्ति आएँ, हिजोको दिन बाँकी थियो, यति छोटो समयमा यति ठूलो कार्यक्रम राखिदिनुभयो । त्यसका लागि मन्त्रीज्यूलाई हृदयदेखि नै आभार व्यक्त गर्छु । एसियाबाट युरोप लिगमा खेल्दैछु, मेरा लागि चुनौती छ, तर म सहजै स्वीकार्न तयार छु,' भण्डारीले भनिन् ।

यस्तै अबको खेल आफ्ना लागि महत्त्वपूर्ण हुने पनि उनको भनाइ थियो । अबको खेल आफ्ना लागि पहिलो चरणको परीक्षा भएको पनि उनले बताइन् ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङले सावित्राले आफ्नो खेल कौशललाई राम्रोसँग प्रस्तुत गर्ने विश्वाससहित बधाइ दिएका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर