नेभिगेसन मेनु

महिला विश्वकपः स्पेन र स्वीट्जरल्यान्ड विजयी
सम्पादक:南亚网络电视
समय:2023-07-21 18:12

Untitled-1_b4a6JCgr5K

बिहीबारदेखि अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु भएको फिफा महिला विश्वकपअन्तर्गत समूह ‘बी’को दोस्रो खेलमा नाइजेरिया र क्यानडाले गोलविहीन बराबरी खेलेका छन्।

अस्ट्रेलियाको मेलबर्नस्थित आमी पार्कमा भएको खेलमा दुवै टिमले गोलका लागि केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन्। नाइजेरियन खेलाडी डेबोराह अबियोडुनले रातो कार्डको सामना गरेपछि अफ्रिकी टिमले इन्जुरी समयमा १० खेलाडीमा सीमित हुनु परेको थियो।

बराबरीसँगै नाइजेरिया र क्यानडाले एक–एक अंक बाँडेका छन्। यस्तै, समूह ‘ए’अन्तर्गत न्युजिल्यान्डको डुनेडिनमा भएको खेलमा स्वीट्जरल्यान्डले फिलिपिन्सलाई २–० गोलको नतिजामा पराजित गरेको छ।

पहिलो पटक विश्वकपमा छनोट भएको फिलिपिन्सविरुद्ध हाबी बनेको स्वीट्जरल्यान्डका लागि रामोना बच्म्यान र सरेना प्युबेलले एक–एक गोल गरे।

जितसँगै स्वीट्जरल्यान्डले तीन अंक जोडेको छ। बिहीबार सोही समूहको पलिहो खेलमा न्युजिल्यान्डले नर्वेलाई १–० को नतिजामा पराजित गरेको थियो।

न्युजिल्यान्डकै वेलिङ्टनमा शुक्रबार भएको समूह ‘सी’को पहिलो खेलमा स्पेनले कोस्टा रिकालाई ३–० को नतिजामा पराजित गरेको छ।

कोस्टा रिकाकी भलेरिया डेल काम्पोले २१औं मिनेटमा गरेको आत्मघाति गोलसँगै स्पेनले अग्रता लिएको थियो। त्यसको दुई मिनेट नबित्दै ऐटाना बोनमाटीले स्पेनको अग्रता दोब्बर पारेकी थिइन्।

एस्थर गोन्जालेजले २७औं मिनेटमा गरेसँगै स्पेनले सुरआतमै ३–० को अग्रता बनाएको थियो। कोस्टा रिकाको रक्षापंक्तिमाथि हाबी बनेको स्पेनले ४६ प्रहार गरे पनि थप गोल गर्न सकेन।

जितसँगै स्पेनले तीन अंक जोडेको छ। भोलि शनिबार अमेरिका र भियतनाम, इङ्ल्यान्ड र हाइटी तथा डेनमार्क र चीन आमनेसामने हुँदैछन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर