नेभिगेसन मेनु

समयमा सुरु हुन सकेन नेपाल र साउदी अरबको खेल
सम्पादक:南亚网络电视
समय:2023-04-24 13:53

nepal_wonwwww_tkjgYnIf4c

वर्षाका कारण एसीसी मेन्स प्रिमियर कपको समूह 'ए'अन्तर्गत नेपालले र साउदी अरबबीच मुलपानी क्रिकेट मैदानमा हुने तय भएको खेलको टस समयमा हुन सकेको छैन। आइतबार राति तथा सोमबार बिहानदेखिको वर्षाका कारण ओसिलो मैदानका कारण खेल समयमा सुरु हुन नसेकेको हो।

यसअघिका दुई खेलमा जित निकालेको नेपाल आज पनि सोही लय काम राख्दै सेमिफाइनलमा स्थान बनाउने लक्ष्यमा छ।

पहिलो खेलमा मलेसियालाई हराएको नेपालले शुक्रबार दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो। ओमानविरुद्ध रन खाता नखोल्दै दुई विकेट गुमाएको नेपालले कुशल मल्लको आक्रामक शतकमा ३ सय रन पार गरेको थियो। जुन नेपालले एक दिवसीय खेलमा बनाएको सबैभन्दा ठूलो योगफल हो। 

समूह ए मा सुरुआती दुई खेलबाट चार अंक जोडेको नेपाल शीर्ष स्थानमा छ। तीन खेलबाट चार अंक जोडेको ओमानको दोस्रो स्थानमा छ। तेस्रो स्थानको मलेसिया र चौथो स्थानको साउदी अरबको समान दुई अंक छ। पाँचौ स्थानको कतारले भने अंक खाता खोल्न सकेको छैन। 

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। प्रतियोगिताको विजेताले एसिया कपमा स्थान पक्का गर्नेछ। समूह बी मा बहराइन, युएई, हङकङ,कुवेत र सिंगापुर रहेका छन्। आजै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने समूह 'बी' को खेलमा बहराइन र हङकङआमने सामने हुनेछन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर