नेभिगेसन मेनु

महिला फुटबल एशिया छनोटः नेपाल र भियतनाम भिड्दै
सम्पादक:南亚网络电视
समय:2023-04-05 12:48

1680667195_338265956_23854162082230084_3132648503481354664_n-1200x560

पेरिस ओलम्पिक महिला फुटबल एशिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले आज भियतनामसँग प्रतिष्पर्धा गर्दैछ।  

काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बलियो प्रतिद्वन्दी भियतनामसँग प्रतिष्पर्धा गर्नेछ। नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे शुरु हुनेछ। फिफा वरीयतामा आफूभन्दा माथि रहेको भियतनामबिरुद्ध नेपाल सुखद् नतिजाको अपेक्षासहित मैदान उत्रनेछ। जसका लागि नेपाल पहिलो खेलमै जित निकाल्न चाहन्छ।  

भियतनामले अस्ट्रेलिया र न्युजिल्याण्डमा आयोजना हुने २०२३ को महिला विश्वकप खेल्दैछ। फिफा वरीयतामा भियतनाम ३३ औं स्थानमा रहेको छ । नेपाल १०० औं स्थानमा छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर