नेभिगेसन मेनु

आइ पि एल २०२३ को पहीलो खेलमा चेन्नई बिरूद्ध गुजरात टाइटन्सको जित
सम्पादक:南亚网络电视
समय:2023-04-01 13:17

Shubhman_Gill_1680286269164_1680286269367_1680286269367

ओपनर शुभमन गिलको ६३ रनको मद्दतमा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले शुक्रबार एक लाख दर्शकअगाडि इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा विजयी सुरुवात लिएको छ । टाइटन्सले चेन्नई सुपर किंग्सलाई पाँच विकेटले हराएको हो ।

जितका लागि १ सय ७९ रन पछ्याएको गुजरात चार बल बाँकी छँदा जितसम्म पुगेको थियो । गिलले ३६ बलमा खेलको आक्रामक प्रदर्शनमा टिकेर विश्व क्रिकेटकै सबैभन्दा ठूलो स्टेडियममा यो जित निकालेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नाइका लागि भने रुतुराज गायकवाडले ५० बलमा ९२ रन बनाए । उनले चार चौका र नौ छक्का प्रहार गरे । पछि गिलले आफ्नो इनिङ्समा छ चौका तथा तीन छक्का प्रहार गरे ।

खेलका ‘प्लेयर अफ द म्याच’ भने गुजरातका रसिद खान भए । उनले चार ओभरमा २६ रन खर्चेर दुई विकेट लिएका लिएका थिए । आईपीएसलको १६ औं संस्करणको उद्घाटनको अवसर भब्य कार्यक्रमको आयोजना गरिएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर