नेभिगेसन मेनु

टेबल टेनिस टोली कोरिया जाँदै
सम्पादक:南亚网络电视
समय:2023-04-10 14:19

1681089084_Table tennis-1200x560-wm-1200x560-1200x560

दोस्रो एसपिसिए टेबल टेनिस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न १० सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दै छ।

अप्रिल १० देखि १८ तारिखसम्म हुने प्रतियोगितामा नेपालका ९ खेलाडीले चुनौती प्रस्तुत गर्दै छन्। जुनियर खेलाडीमा योङ्गी पौडेल, एस्टर चौधरी र आशिष महता छन्। भेट्रानतर्फ भने पूर्णशंकर श्रेष्ठ, सुमन खड्गी, अरोजकुमार खड्गी, सुरेन्द्र शाही र संघरत्न डंगोलले प्रतिस्पर्धा गर्नेछन्।

उक्त टोलीको प्रशिक्षकमा ज्याकी महर्जन छन्। टेबल टेनिसमा ओलम्पिककी स्वर्ण विजेता दक्षिण कोरियाकी याङ योङ जाको निमन्त्रणामा टोली दक्षिण कोरिया जान लागेको प्रशिक्षक महर्जनले जानकारी गराए। प्रतियोगितापछि जुनियर खेलाडी दक्षिण कोरियामै तीन महिने प्रशिक्षणमा सहभागी हुनेछन्। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर