नेभिगेसन मेनु

मूलपानीमा पहिलो अन्तर्राष्ट्रिय क्रिकेटको तयारी
सम्पादक:南亚网络电视
समय:2023-04-03 14:12

sports2023-04-03-08-35-04

त्रिवि र मूलपानी क्रिकेट मैदानमा ५ वैशाखदेखि एसिसी प्रिमियर लिग हुनेछ । आयोजक क्यानले मूलपानीको मैदानलाई अन्तर्राष्ट्रिय रूपमा परिणत गर्न धमाधम तयारी गरिरहेको छ, जहाँ ११ खेल हुनेछन् । 

मूलपानी क्रिकेट मैदानमा पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता वैशाखमा आयोजना हुँदै छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) र नेपाल क्रिकेट संघ (क्यान)को संयुक्त आयोजनामा मूलपानी माथिल्लो मैदानमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल हुन लागेको हो । एसिसी प्रिमियर लिग नेपालले आयोजना गर्दै छ । मूलपानी र कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा प्रिमियर लिगका खेल हुनेछन् । फाइनलसहित अधिकांश खेल त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।

लिग चरण र एक सेमिफाइनलसहित ११ खेल मूलपानीमा हुने निश्चित छ । ५ वैशाखमा हङकङ र सिंगापुरबीच हुने खेल नै मूलपानी क्रिकेट मैदानको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । यसै दिनमा नेपालले त्रिवि मैदानमा मलेसियाको सामना गर्नेछ । मूलपानी मैदानमा ११ वैशाखमा नेपाल र साउदी अरेबियाबीचको खेल हुनेछ । 

मूलपानी मैदान धमाधम तयार गर्दै क्यान 

प्रतियोगिता सुरु हुन १५ दिन मात्रै बाँकी रहँदा क्यानलाई निकै चटारो छ । अहिले क्यानलाई मैदान निर्माणदेखि आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न उत्तिकै ध्यान दिनुपर्छ । क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंहको दैनिकी नै मूलपानी मैदान बनिरहेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कार्यवाहक सचिव दुर्गाराज पाठकको चिन्ता पनि समयअगाडि नै मैदानको तयारी पूरा हुन्छ वा हुँदैन भन्ने छ । क्यानले एक हप्ताभित्र मैदान एसिसी प्रतिनिधिलाई उपलब्ध गराउनेछ । ‘अहिले चटारो नै छ, तर सम्भावित काम पूरा गरिसकेका छौँ,’ क्यानका अध्यक्ष चन्दले नयाँ पत्रिकालाई भने, ‘हामी अन्तिम चरणमा छौँ ।’ चन्दका अनुसार अर्काे साता एसिसीका प्रतिनिधि नेपाल आउनेछन् । उनीहरूले मूलपानी मैदानको अवस्था बुझ्नेछन् । 

५ वैशाखदेखि सुरु हुने एसिसी प्रिमियर लिग हुने मूलपानी मैदान सम्याउन खटिएका कामदार

‘अर्काे साता प्रतिनिधिहरू मैदान अवलोकनका लागि आउनेछन्, हामीले अझै केही मर्मत गर्न बाँकी छ, एसिसीका प्रतिनिधिले दिएको सुझावअनुसार अगाडि बढ्छौँ,’ चन्दले भने । क्यानलाई त्रिवि मैदानमा कुनै समस्या छैन । क्यानले एसिसी प्रिमियर लिगलाई ध्यानमा राख्दै मूलपानी मैदानको पिच दुई महिनादेखि नै तयारी सुरु गरेको हो । पछिल्ला समय आउटफिल्डको काम अन्तिम चरणमा पुर्‍याएको छ । बाउन्ड्री लाइन सानो हुँदा त्यसलाई मापदण्डअनुसार नै ठूलो आकार दिइएको छ । 

विवादले थलिएको मैदान

समयमै मैदान तयारी भएको भए मूलपानी मैदानमा अहिलेसम्म धेरै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता भइसक्थे । ०६० सालमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को परियोजनाअन्तर्गत तत्कालीन मूलपानी गाविसले वडा ८ को लगभग चार सय रोपनी खाली जग्गा उपलब्ध गराएको थियो । जग्गा हस्तान्तरणको तीन वर्षपछि मैदानको निर्माण कार्य सुरु भयो । तर, यसमा धेरै विवाद देखियो । मुख्य विवाद जग्गाको मुआब्जामा नै थियो । जसका कारण मूलपानी मैदानको निर्माण कार्य अगाडि बढ्न सकेन ।

स्थानीय र केही घरेलु प्रतियोगिता आयोजना भए पनि यहाँ अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन सकेका छैनन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तल्लो मैदान बनाइरहेको छ । पछिल्लो दुई वर्ष जग्गा मुआब्जाको विवाद टुंगिएपछि भिआइपी र खेलाडी चेन्जिङ रुमको ब्लक निर्माण भइरहेका छन् ।

सामान्यतर्फको एक ब्लक बन्ने चरणमा छ । तल्लो मैदानको पिच र आउटफिल्डको अवस्था सामान्य छ । पूर्वतर्फको हालको पिच बाटो नहटाएसम्म तल्लो मैदानले पूर्ण आकार नपाउने अवस्था छ । एसिसी प्रिमियर लिगकै लागि क्यानले तल्लो मैदानमा नेट अभ्यास गर्ने तयारी गरेको छ । माथिल्लो मैदान भने पछिल्लो समय क्यानले मुख्य कार्यालय बनाउँदै निर्माणमा आफैँले स्वामित्व लिएको छ । 

चेन्जिङ रुमको अन्तिम तयारी

लगातारको कामपछि क्यानले मैदानमा स्कोर बोर्ड राखेको छ । चारैतर्फ जाली राखेर दर्शक मैदानभित्र प्रवेश गर्न नमिल्ने बनाइएको छ । खेलाडी डकआउट र चेन्जिङ रुमका कार्य अन्तिम चरणमा छन् । पहिरोले सधैँ दुःख दिने क्षेत्रमा पर्खालले पूर्णता पाएको छ । दर्शकदिर्घासमेत बनिरहेको छ । ‘सबै कार्य अन्तिम चरणमा छन् । एक हप्तामा सकाउने लक्ष्य राखेका छौँ, हामीलाई नेपालको खेलमा अलि समस्या हो,’ चन्दले भने, ‘नेपालको खेल हुँदा दर्शकको उपस्थिति बाक्लो हुने निश्चित छ, मैदानको पूर्वीतर्फ मात्रै दर्शक बस्न पाउनेछन् । जुन माटो भरेर भर्खरै बनाइएको छ ।’ 

दर्शक, सुरक्षा, पार्किङ र प्यारापिटको अवस्था नै क्यानको टाउको दुखाइको विषय बन्ने पक्का छ । त्रिवि खेलमैदानमा १५ हजारभन्दा बढी उपस्थित हुँदा मूलपानीमा बढीमा पाँच हजार दर्शक अट्ने अवस्था देखिएको छ । पार्किङ, खानेपानी, शौचालयलगायत कार्यमा क्यानलाई मनोहरा नगरपालिकाले सहयोग गर्नेछ । 

एक हप्तामा सबै तयारी हुन्छ : चतुरबहादुर चन्द, अध्यक्ष, क्यान

मैदानभित्रका अधिकांश काम पूरा भइसकेका छन् । आउटफिल्ड र पिचको काम भइरहेका छन् । दर्शकदिर्घा, चेन्जिङ रुमको कार्य अन्तिम चरणमा छ । हामीले पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्दै छौँ । सबै काम गर्नुपर्दा हतार पनि भयो । हामीसँग अझै १५ दिन बाँकी छ । 

एक हप्ताभित्र सबै कामले पूर्णता पाउनेछ । यसपछि एसिसीका प्रतिनिधिले हेर्नुहुन्छ । हामीले पिच र आउफिल्डमा बढी ध्यान दिएका छौँ । नेपालको खेलमा समस्या भए पनि मूलपानीमा अन्य खेलमा समस्या हुँदैन । बंगलादेशका दुईसहित नेपाली क्युरेटरले पिच आकर्षक बनाएका छन् । मूलपानी पिचको पुरानो माटो भने केही मात्रामा हटाइएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर