नेभिगेसन मेनु

भुटानसँग नेपालको बराबरिले पुरा गर्यो लाओसको फाइनल खेल्ने सपना
सम्पादक:南亚网络电视
समय:2023-03-29 13:18

Nepal vs Bhutan (46)1680014597

काठमाडौं : : प्रधानमन्त्री थ्री नेसन्स कपअन्तर्गत समूह चरणको अन्तिम खेलको इन्जुरी समयमा दीपकराज सिंह ठुकरीले  बराबरी गोल फर्काएसँगै नेपाल भुटानविरुद्धको हारबाट जोगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा भुटान भने फाइनल पुग्न सकेन।

भुटान नेपालसँग बराबरीमा रोकिएसँगै लाओस फाइनलमा पुगेको छ। पहिलो खेलमा नेपालसँग २–० ले पराजित भएको लाओसले दोस्रो खेलमा भुटानविरुद्ध २–१ को जितसँगै तीन अंक जोडेको थियो।

भुटानका लागि नोर्बुले १९औं मिनेटमा गरेको गोलसँगै नेपाल खेलमा १–० ले पछाडि परेको थियो।

छेल्त्रिम नाम्गेलले १९औं मिनेटमा हानेको बल सनिश श्रेष्ठलाई लागेर कर्नरमा परिणत भएको थियो। सोही कर्नरमार्फत दावा छिरिङले प्रहार गरेको कर्नरमा ६ यार्ड बक्स अगाडि रहेका तेन्जिन नोर्बुले हेडरमार्फत गोल गरे।

पहिलो हाफमा १–० ले पछि परेको नेपालका लागि इन्जुरी समयमा दीपकराज सिंह ठकुरीले बराबरी गोल फर्काए। निशान खड्काले प्रहार गरेको कर्नरमा अनन्त तामालले दिएको पासमा पेनाल्टी एरिया भित्र अन्मार्क्ड रहेका दीपकले हेडरमार्फत उत्कृष्ट फिनिसिङ गरे।

यसअघि भएका १२ खेलमा नेपालले एकलौटी नतिजा निकालेको थियो। तर, १३औं खेलमा नेपाललाई हारबाट जोगिन धौ धौ पर्यो। 

त्यसअघि छैटौं मिनेटमा नेपालका अञ्जन विष्टले हानेको बल चेन्चो ग्याल्चेनलाई लागेर कर्नरमा परिणत भएको थियो। तर, नवीन लामाले प्रहार गरेको कर्नरमा नेपालले उललेख्य अवसर सिर्जना गर्न सकेन।

भुटानी कप्तान चेन्चोले ११औं मिनेटमा पेनाल्टी एरिया भित्र बल नियन्त्रण लिएर ६ यार्ड बक्स भित्र कट् इन् गर्दा अनन्त तामाङले बल खोसेर क्लियर गरेका थिए।

भुटानका निमा वाङ्दीले ३१औं मिनेटमा बायाँतर्फबाट गरेको प्रहार विकाश खवासलाई लागेर जोखिमपूर्ण बनेको थियो। तर, सतर्क रहेका कप्तान किरण चेम्जोङले पोल नजिक बल नियन्त्रणमा लिए।

अनन्त तामाङले ३५औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो।

नेपालका राइट ब्याक सनिशले दायाँ फ्लान्कबाट गरेको क्रस भुटानका नाम्गेललाई लागेर बाहिरिएपछि नेपालले ४४औं मिनेटमा कर्नर पाएको थियो। नवीन लामाले प्रहार गरेको त्यो कर्नरमा अनन्तको हेडर सेकेन्ड बारमा पुजन अगाडि पुगेको थियो।

पुजनको पासमा ६ यार्ड बक्सभित्र रहेका सनिशले हेडरमार्फत गरेको प्रहार क्रसबार माथिबाट बाहिरिँदा नेपालले बराबरी गोल गर्ने सुन्दर मौका गुमाएको थियो।

भुटानका फुन्त्सो जिग्मेले ६४औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको सशक्त प्रहार किरणले बचाएका थिए।

एरिक विष्टले ७०औं मिनेटमा दिएको लामो पासलाई पेनाल्टी एरिया अगाडि नियन्त्रणमा लिएर दीपकराज सिंह ठकुरीको प्रहार क्रसबार माथिबाट बाहरिएको थियो। त्यो नेपालले दोस्रो हाफमा बनाएको गोलका लागि सबैभन्दा राम्रो मौका थियो।

मनिष डाँगीले ७७औं मिनेटमा ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार फ्रेममा नपर्दा नेपाल दुर्भाग्यशाली सावित भयो।

सनिशले ८३औं मिनेटमा दायाँतर्फबाट गरेको क्रसमा पेनाल्टी एरिया भित्रबाट आयुषले हेडरमार्फत गरेको प्रहार भुटानका निमा वाङ्दीले रोकेका थिए।

समूह चरणबाट नेपालले एक जित र एक बराबरीसहित चार अंक जोड्दा लाओसले तीन अंक जोड्यो। जितविहीन भुटानको एक अंक मात्रै रहँदा फाइनलमा स्थान बनाउन असफल रह्यो। फाइनल १७ गते हुनेछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर