नेभिगेसन मेनु

चौबिसे कप : पुरुषतर्फ ६ र महिलातर्फ २ नम्बर वडा विजयी
सम्पादक:南亚网络电视
समय:2023-04-16 17:28

1

धनकुटाको चौबिसे गाउँपालिकाको राजारानीमा भएको चौथो संस्करणको चौबिसे कप फुटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ वडा नम्बर ६ र महिलातर्फको उपाधि वडा नम्बर २ ले हात पारेको छ।

पुरुषतर्फको प्रतियोगिताअन्तर्गत वडा नम्बर ६ र ७ बीच भएको फाइनल खेलमा वडा नम्बर ६ ले २–१ को अन्तरले जित निकालेको हो। पुरुषतर्फ वडा नम्बर ६ तीनपटक विजेता बन्दा वडा नम्बर ७ मौनाबुधुक तीनैपटक उपविजेतामा सीमित भएको छ।

उपाधि हात परेसँगै वडा नम्बर ६ राजारानीले नगद ६० हजार र मेडल प्राप्त गरेको छ भने उपविजेता मौनाबुधुकले नगद ३० हजार र मेडलमा चित्त बुझाएको छ ।

यता महिलातर्फको फाइनल खेलमा गत वर्षको विजेता वडा नम्बर ३ कुरुलेलाई हराउँदै वडा नम्बर २ मुढेबासले उपाधि हात पारेको हो। खेलको निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटबाट टुंग्याइएको थियो। पेनाल्टी सुटआउटमा वडा नम्बर २, ३–२ गोल अन्तरले विजयी भएको हो।

विजेता वडा नम्बर २ ले नगद ३० हजार र उपविजेता वडा नम्बर ३ ले नगद २० हजार पाएको छ। चैत २८ देखि सञ्चालन भएको चौथो संस्करणको प्रतियोगितामा ८ वडाका महिला तथा पुरुष गरी १६ टिम सहभागी थिए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर