नेभिगेसन मेनु

डिएलमा यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा
सम्पादक:南亚网络电视
समय:2023-03-17 01:58

335589404_892245858520672_2132339725509418523_n

 यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुपुग्न सफल भएको छ। तस्बिर-आर ओ एन बि

२ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू को अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।

जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो । यो जितसँगै नेपाल ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा उक्लिएको छ साथै जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भएको छ ।

जिम्बाब्बेमा हुने वर्ल्ककप क्वालिफायरमा आईसीसी सुपर लिगका अन्तिम ५ टिम, लिग टु को शीर्ष तीन टिम र प्लेअफ क्वालिफायरबाट आउने शीर्ष दुई टिम गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

लिग टु बाट स्कटल्याण्ड, ओमान र नेपालले स्थान पक्का गरिसके । सुपर लिगबाट जिम्बाब्बे र नेदरल्याण्ड्सले खेल्ने पक्का भइसकेको छ भने तीन टिमको टुङ्गो लाग्न बाँकी छ ।

अब लिग टु को अन्तिम चार टिम अमेरिका, नामिबिया,  युएई र पीएनजीसहित च्यालेन्ज लिगको शीर्ष दुई टिम क्यानडा र जर्सी गरी ६ टिमको प्लेअफ क्वालिफायर नामिबियामा यसै मार्चको अन्तिममा सुरु हुनेछ । जसबाट शीर्ष दुई टोलीले जिम्बाब्बेमा हुने वर्ल्ड कप क्वालिफायरमा स्थान बनाउनेछन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर