नेभिगेसन मेनु

क्रिकेटर र क्लब व्यवस्थापकबीच अमेरिकामा दोस्ती, नेपालमा स्पट फिक्सिङ
सम्पादक:南亚网络电视
समय:2023-01-26 16:52

andre-mccarthy-rahul_JdZOGRMaT4 (1)

काठमाडौँ । नेपाल टी–ट्वान्टी क्रिकेट लिगको स्पट फिक्सिङमा वेस्ट इन्डिजका खेलाडी आन्द्रे म्याकार्थीको संलग्नता देखिएको छ । म्याकार्थीले विराटनगर सुपरकिङ्गसबाट २०७९ पुस ९ देखि कीर्तिपुरस्थित त्रिवि  क्रिकेट मैदानमा भएको टि–ट्वान्टी लिग खेलेका थिए । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानबाट फिक्सिङमा म्याकार्थीको संलग्नता देखिएको ब्यूरोका एकजना अधिकृतले बताए ।

सुरुवाती पाँच खेलमा म्याकार्थी विराटनगर सुपर किङ्सको कप्तान थिए । म्याकार्थीको भूमिकाबारे प्रश्न उठेपछि उनलाई हटाएर क्लबले रोहित पौडेललाई कप्तानको जिम्मेवारी दिएको थियो । स्पट फिक्सिङमा विराटनगर सुपर किङ्गसका मेनेजर राहुल शर्मा पनि संलग्न देखिएका छन् । 

भारतीय मूलका शर्मा अमेरिकामा बस्छन् । अमेरिकामा बस्दा म्याकार्थीसँग उनको चिनजान भएको थियो । अमेरिकामा क्लब गेम खेल्दै आएका म्याकार्थीसँग दोस्ती भएपछि राहुलले नै उनलाई नेपालको लिग खेल्न ल्याएका थिए ।  

राष्ट्रिय टिमका कप्तान समेत रहेका रोहितलाई पछि पारेर राहुलले म्याकार्थीलाई कप्तान बनाएको जानकारहरू बताउँछन् । रोहितले नै नेपाल क्रिकेट संघ (क्यान) लाई म्याकार्थीको भूमिका शङ्कास्पद देखिएकोबारे जानकारी गराएका थिए ।

लिगमा स्पट फिक्सिङ गराउन दुईवटा समूहको संलग्नता रहेको प्रहरीको ब्यूरोको निष्कर्ष छ । ब्यूरोका डिएसपी सुन्दर तिवारीसहित ५ जनाको छानबिन समितिले पूर्वराष्ट्रिय खेलाडी मेहबुब आलमसहित दुईवटा समूहले ‘स्पट फिक्सिङ’ गराएको प्रतिवेदन बुझाएका छन् ।

प्रतिवेदनका आधारमा प्रहरीले माघ ९ मा पूर्व राष्ट्रिय क्रिकेटर मेहबुव आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई पक्राउ गरिसकेको छ । अन्सारीले भर्खरै सम्पन्न लिगमा फिक्सिङ गरेर खेलेको ब्यूरोको निष्कर्ष छ । फिक्सिङमा क्रिकेटर अन्सारीसहित नेपालका ४ जना संलग्न छन् । 

लिगको व्यवस्थापन गर्ने जिम्मा लिएको कम्पनी सेभेन–३ स्पोर्टको व्यवस्थापक मध्येका ४ जना स्पट फिक्सिङमा संलग्न देखिएका छन् । लिगमा सहभागी विदेशी खेलाडी एकजना र अर्का एकजना बिचौलिया संलग्न देखिएको ब्यूरोका एसपी सञ्जय सिंह थापाले बताए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर