नेभिगेसन मेनु

नेपाल टी–२० लिग : सट्टेबाजी र फिक्सिङको अनुसन्धानमा खटियो सीआईबी
सम्पादक:南亚网络电视
समय:2023-01-04 18:42

Nepal T20 League (2)1672751189

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा सट्टेबाजी र फिक्सिङको चर्चा चलेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले अनुसन्धान सुरु गरेको हो ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले नेपाल टी–२० लिगमा फिक्सिङको प्रस्ताव आएको बताएका थिए । उनले यसबारे सम्बन्धित निकायलाई जानकारी समेत गराइसकेको बताएका थिए ।

मंगलबारको खेलपछि काठमाडौं नाइट्सका कप्तान समेत रहेका मल्लले आफ्ना टिमका खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव आएको खुलासा गरेका थिए ।

ल्ःद्य द्यबलप

म्बदगच लभउब

िब्नबलष् न्चयगउ

उनले भनेका थिए, “अरू टिमको कुरा थाहा भएन । हाम्रो टिमको एकजना खेलाडीलाई चाहिँ एप्रोच गरेको थियो । नियमअनुसार हामीले एसईयु ९एन्टी करप्सन युनिट० लाई जानकारी गराएर अनुसन्धान भइरहेको छ ।”

यसबाहेक अन्य केहीले पनि फिक्सिङको प्रसंग उठाएका छन् । नेपाल क्रिकेट संघले यो प्रतियोगिता सञ्चालन गरिरहेको छ ।

फिक्सिङको चर्चापछि गृह मन्त्रालयले प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

सोही निर्देशनका आधारमा अनुसन्धान प्रभावकारी ढङ्गबाट अगाडी बढाइएको सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले जानकारी दिए ।

उनले भने,“सट्टेबाजी र फिक्सिङमा सुरुवातदेखि नै हाम्रो चासो हो । सीआईबीले मैदानमै रहेर यसबारे निगरानी पनि गरिरहेकै हो । गृहबाटै निर्देशन आइसकेपछि हामी सुक्ष्म रुपमा अनुसन्धानमा सक्रिय भएका छौं ।”

हालसम्म प्रहरीलाई म्याच फिक्सिङको कुनै प्रमाण भने हात लागेको छैन । टीयु मैदानबाटै सट्टेबाजी आरोपमा भने केही पक्राउ पर्दै आएका छन् ।

यसअघि सीआईबीकै टोलीले नेपाल र युएइको खेल भइरहेको बेला सट्टेबाजीमा संलग्न आरोपमा ५० जनालाई पक्राउ गरेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर