नेभिगेसन मेनु

क्रिस्टियानो रोनाल्डो साउदीको क्लबमा आबद्ध, तलब १७.७ करोड पाउन्ड
सम्पादक:南亚网络电视
समय:2022-12-31 12:57

ronaldo-2

१६ पुस, काठमाडौं । पोर्चुगलका स्टार फुटबलर ३७ वर्षीय क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासर क्लबसँग आबद्ध भएका छन् ।

म्यान्चेस्टर युनाइटेड छोडेपछि रोनाल्डोले सन् २०२५ सम्मका लागि साउदी क्लब नासरसँग वार्षिक १७।७ करोड पाउन्डमा सम्झौता गरेका हुन् ।रोनाल्डोको तलब विश्व फुटबल इतिहासकै सबैभन्दा धेरै भनिएको छ ।

रोनाल्डोलाई यसअघि साउदीकै अर्को क्लब अल हिलालले पनि भित्र्याउने प्रयास गरेको थियो तर सफल भएन । अन्ततस् रोनाल्डो साउदीकै नासरसँग अनुबन्ध भए ।

रोनाल्डो अनुबन्ध भएको क्लब साउदीको चर्चित क्लब हो । जसले ९ पटक साउदी लिग जितेको छ । रोनाल्डोलाई भित्र्याएपछि क्लबले नयाँ इतिहासको सुरु भएको बताएको छ ।

रोनाल्डोले पनि क्लबमा आबद्ध भएपछि फरक देशमा नयाँ फुटबल लिग अनुभव गर्न आफू उत्सुक रहेको बताएका छन् ।

एक विवादास्पथ अन्तर्वार्ताका कारण रोनाल्डोले केही समयअघि मात्रै म्यान्चेस्टर युनाइटेड छोडेका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर