नेभिगेसन मेनु

पोखराको लगातार पाँचौँ हार
सम्पादक:南亚网络电视
समय:2022-12-29 15:36

asdkfmg1672296534

काठमाडौं । नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सले लगातार पाँचौँ हार व्यहोरेको छ । बिहीबार विराटनगर सुपर किंग्ससँग आठ विकेटले पराजित भएको पोखराको शीर्ष चारमा रहने सम्भावना पनि कमजोर बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखराले प्रस्तुत गरेको १३६ रनको लक्ष्य विराटनगरले १८।४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

विराटनगरको जितमा अविजित रहेका रोहितकुमार पौडेलले सर्वाधिक ७१ रन बनाए । ५७ बल खेलेका रोहितले ५७ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । गौरान्सु शर्माले ३३ रन बनाउँदा हुसैन लतालले अविजित २८ रन थपे । विराटनगरका ओपनर अर्जुन साउद भने ‘गोल्डने डक’ भएका थिए ।

पोखराका अमिर हम्जा र जहिर खानले समान एक विकेट लिए ।

न्यिदब िदबलप

यसअघि, टस हारेपछि ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

पोखराका अमिर हम्जो अविजित ३७ रन बनाएका थिए । सुमित महर्जनले ३६, कप्तान उपुल थरंगाले २५, प्रतिश जिसीले अविजित र १३ र आसिफ शेखले ११ रन जोडे ।

विराटनगरका एन्ड्रे म्याककार्थीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका म्याककार्थीले २२ रन मात्र खर्चिएका थिए । यसबाहेक, नन्दन यादव, राज नानन र साहब आलमले समान एक विकेट लिए ।

लिगमा चार खेल खेल्दा दोस्रो जित निकालेको विराटनगर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पाँच खेल खेल्दा पनि अंकविहीन पोखरा पुछारमा छ । नेपाल क्रिकेट संघ ९क्यान०को आयोजनामा प्रतियोगिता भएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर