नेभिगेसन मेनु

'मुन्द्रेको कमेडी क्लब ३' आउँदै, को बन्ला अध्यक्ष?
सम्पादक:南亚网络电视
समय:2023-01-05 16:22

mundreko1672900827

जितु नेपालको शो मुन्द्रेको कमेडी क्लबु को तेस्रो संस्करण आउने भएको छ।

‘मुन्द्रेको कमेडी क्लब’मा कलाकारसहित अध्यक्ष पनि परिवर्तन हुनेछन्। माघको दोस्रो हप्ताबाट कार्यक्रम प्रसारण हुने अभिनेता तथा कार्यक्रम प्रस्तोता जितु नेपालले बताए।

‘अहिले हामी सेट डिजाइनको काम गरिरहेका छौं। यस संस्करणमा कलाकारसहित अध्यक्ष परिवर्तन हुनेछन्। यसमा करिश्मा दिदी हुनुहुन्न, हामी नयाँ अध्यक्षको खोजीमा छौं। अभिनेत्री नै राख्ने हाम्रो तयारी छ।’

यस शोको पहिलो संस्करणमा दीपाश्री निरौला अध्यक्ष थिइन् भने दोस्रो संस्करणमा करिश्मा मानन्धर अध्यक्ष थिइन्।

शोमा यो पटक दमन रुपाखेती, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना थपिँदैछन्। उनीहरूसँगै राजेन्द्र नेपाली ‘लट्टे’, र एलिना बास्कोटाको प्रस्तुति रहनेछ।

मुन्द्रेको कमेडी क्लबलाई दिनेश डिसीले निर्देशन गर्नेछन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर