नेभिगेसन मेनु

'मध्यपहाडी क्षेत्रमा नमूना सहर बसाउने योजना अलपत्र'
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-19 14:54

下载

पुस ३ गते । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मध्य पहाडी क्षेत्रमा नमूना सहर बसाउने योजना अलपत्र परेको बताउनुभएको छ । नेकपा एमाले मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुष्पलाल राजमार्गमा एमाले सरकार हुँदा स्मार्ट सिटि बनाउने योजनाहरू अहिले अलपत्र भएको भन्दै त्यस क्षेत्रको विकासका लागि स्मार्ट सिटीहरु निर्माण गरी मध्यपहाडलाई गुल्जार बनाउन जरुरी रहेको बताउनुभएको हो ।

मध्यपहाडी राजमार्गलाई प्रविधिसँग जोड्न झण्डै ४ सय किलोमिटर लम्बाइ घटाउन पर्ने यात्राका क्रममा बोध भएको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले बताउनुभयो । एमालेले भर्खरै पाँचथरको चिवा भञ्ज्याङमा पुगेर काठमाडौंमा औपचारिक समापनको तयारी गरिरहेको सङ्कल्प अभियानमा लोकमार्गको प्राविधिकहरुको प्रारम्भिक रिपोर्टका आधारमा लम्बाइ घटाउनु पर्ने सुझाव आएको जानकारी दिनुभयो । 

यात्राको क्रममा एमाले अध्यक्ष केपी ओलीप्रति जनस्तरमा सबै उमेर समूहका व्यक्तिहरु आकर्षित पाएको पनि महासचिव पोखरेलले बताउनुभयो । यात्राको क्रममा स्थानीय क्षेत्रका कैयौं समस्याहरु, विकासका आकांक्षाहरु र राज्यका तर्फबाट जनतालाई गर्ने सेवा प्रवाहका विषयमा देखिएका समस्याहरु जानकारीमा आएको पनि उहाँले बताउनुभयो । यात्राले पहाडि क्षेत्रको सांस्कृतिक, सामाजिक र अर्थराजनीतिमा नयाँ नयाँ योगदान दिएको उहाँको भनाइ थियो । 

यात्राको क्रममा विभिन्न फलफूल खेतीको पकेट क्षेत्र विकास गर्न सकिने सम्भावनाहरु पहिचान भएको र खानीजन्य अन्य उद्योगहरुको सम्भावनाको बारेमा पनि जानकारी लिन सहयोग पुगेको उहाँले बताउनुभयो । झण्डै १७ दिनसम्म लगातार भएको यो यात्रामा सरकारबाट सञ्चालन भइरहेका आयोजनाहरुको अवस्था अध्ययनका हिसाबले पनि महत्वपूर्ण भएको उहाँको भनाइ छ । उहाँले कतिपय आयोजनाको काम तोकिएको समयावधिभन्दा छिटो भए पनि भुक्तानीमा ढिलाइ भएको बताउनुभयो । 

एमालेको यात्रा कोशी प्रदेशमा प्रवेश गरेपछि केही विरोधका स्वरहरु सुनिएको तर जनस्तरमा त्यसको असर कम पाएको उहाँले बताउनुभयो । कोशी प्रदेशको नामको विषयमा पहिचानवादीहरुको असन्तुष्टि शान्तिपूर्ण आन्दोलनमार्फत समाधान खोज्नुपर्ने बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर