नेभिगेसन मेनु

कोशीटप्पुमा बढ्दै पर्यटक
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-07 13:44

Untitled-1-(2)

मङ्सिर २१ गते । चराको राजधानी कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् । विगतका वर्षभन्दा यस वर्ष सुरुवाती चरणमै आन्तरिक र बाह्य पर्यटकको आगमन सुरु भएको हो । 

हिउँद लागेसँगै कोशीटप्पु वन्यजन्तु आरक्षमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या दैनिक वृद्धि हुँदै गएको कोशीटप्पु वन्यजन्तु कार्यालयका सहायक संरक्षक अधिकृत विनयकुमार मिश्रले बताउनुभयो । उहाँले भन्नुहुन्छ, “हिउँदमा बढी मात्रामा आन्तरिक पर्यटक कोशीटप्पु आरक्ष घुम्न आउने गरेका छन् । विद्यार्थी शैक्षिक अवलोकनका लागि आउँछन् ।” 

चरा, अर्ना, गैँडा, हात्ती हेर्न पर्यटकको वृद्धि भएको आरक्ष कार्यालयले जनाएको छ । 

आरक्ष कार्यालयको अभिलेख अनुसार दैनिक करिब एक सयको आन्तरिक पर्यटक आरक्ष घुम्न आउने गरेका छन् ।

हिउँद लागेसँगै हिमालपारिका देशबाट आएका पाहुना चरा कोशीटप्पु आरक्षको सिम क्षेत्रहरूमा देखिने हुँदा चराका पारखी यहाँ आउने गरेका हुन् । उत्तरी क्षेत्रका साइबेरिया, रसिया, ताजकिस्तान, तान्जानिया र तिब्बतबाट आउने पानीहाँस आरक्षणको सिम क्षेत्र र तालमा सजिलै तैरिरहेको मोहक दृश्य देखिने स्थानीय नेचर गाइड तथा चराका जानकार अनिश तिम्सिना बताउनुहुन्छ । पूर्वी नेपालको दुई हजार पाँच सयदेखि तीन हजार मिटर उचाइको पहाडका आसपासमा रहेका चरा जाडो छल्न तराईको घाँसे मैदान, सिम क्षेत्रमा आउने गरेका छन् । पहाडी क्षेत्रबाट फिस्टा, चुइँया, भद्राई र अर्जुनक प्रजातिका चरा पनि आउन थालेको उहाँको भनाइ छ ।

यहाँ घुम्न आउने आन्तरिक र बाह्य पर्यटकले आरक्ष कार्यालयमा प्रवेश शुल्क तिरेपछि १२ घण्टासम्म आरक्षण क्षेत्र घुम्न पाउँछन् । यस क्षेत्रमा प्रवेश गर्न स्वदेशी नागरिकका लागि एक सय रुपियाँ, सार्क क्षेत्रका नागरिकका लागि ७५० रुपियाँ र तेस्रो मुलुकका नागरिकका लागि एक हजार पाँच सय रुपियाँ शुल्क तोकिएको छ । आरक्ष क्षेत्रसँग जोडिएको वराहक्षेत्र–९ मा रहेको सप्तकोशी सामुदायिक होमस्टेदेखि सुदीप होमस्टे, अक्वा होटलले पर्यटकलाई स्वागत सत्कार गरिरहेको सप्तकोशी सामुदायिक होमस्टेका सचिव अनिश तिम्सिनाले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर