नेभिगेसन मेनु

बिपी प्रतिष्ठानमा थ्री डी चाल विश्लेषण प्रयोगशाला
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-12 12:33

Untitled-1 (1)

मङ्सिर २६ गते । धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपालकै पहिलो थ्री डी चाल विश्लेषण प्रयोगशाला स्थापना भएको छ । सोमबार जेनेभा युनिभर्सिटी हस्पिटल्स, 

स्विट्जरल्यान्डको सहयोगमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभाग अन्तर्गत थ्री डी चाल विश्लेषण प्रयोगशाला स्थापना भएको बिपी प्रतिष्ठानका प्रवक्ता डा. अञ्जु प्रधानले बताउनुभयो । उहाँका अनुसार जेनेभाबाट आएका तीन जना विशेषज्ञको टोलीले बिपी प्रतिष्ठानमा ल्याब स्थापना एवं जनशक्तिलाई सोसम्बन्धी तालिम प्रदान गरेका थिए । टोलीमा डा. जेराल्डो डिकुलन (बाल हाडजोर्नी विशेषज्ञ), प्रा. स्टिफेन आरमान्ड तथा एलिस बोनेफोइ रहनुभएको बिपी प्रतिष्ठानको प्रवक्ता डा. प्रधानले जानकारी दिनुभयो । 

कतिपय मानिसको मस्तिष्क पक्षाघात, शल्यव्रिmया वा अन्य हाडजोर्नीसम्बन्धी रोगका कारण हिँडाइको चाल नमिल्ने, हिँड्नमा कठिनाइ हुने हुन्छ । त्यस्ता मानिसहरूको हिँडाइ वा चाल ठिक गर्न यस ल्याबले मद्दत पु¥याउने बिपी प्रतिष्ठानको प्रवक्ता डा. प्रधानले बताउनुभयो । 

ल्याबभित्र उच्च प्रविधिका आठ वटा क्यामरा विभिन्न कोणमा जडान गरिएको छ । यस्ता बिरामीहरूको उपचारका व्रmममा बिरामीलाई हिँड्न लगाई सबै कोणबाट बिरामीको चालको भिडियो र ग्राफिक्सहरू लिई उच्च प्रविधिको कम्प्युटरद्वारा भिडियो तथा ग्राफिक्सहरूको विश्लेषण गरी समस्याको पहिचान गर्दछ । यसबाट विशेषज्ञलाई बिरामीको उपचारमा मद्दत पुग्ने प्रवक्ता डा. प्रधानले जानकारी दिनुभयो । उक्त तालिममा हाडजोर्नी विभागका एसिस्टेन्ट प्रोफेसर द्वय डा. आशिष पाण्डे र डा. अमित लिम्बू तथा श्री अमन श्रेष्ठ (अर्थोटिस्ट्÷प्रोस्थेटिस्ट्) र श्री मुजाहिद हुसैन (फिजियोथेरापिस्ट) सहभागी रहनुभएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर