नेभिगेसन मेनु

ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा किसान खुसी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-08 13:07

Hipmata_Taplejug__

मङ्सिर २२ गते ।  ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा  हिमपात भएको छ । बिहीबार साँझ वर्षा भएसँगै सामान्य हिमपात हुँदा किसान खुसी भएका  छन् । 

ओलाङ्चुङगोला, याङमा घुन्सा, लेलेप , गयाब्ला, फलेलगायतका बस्तीमा सामान्य हिमपात भएको फक्ताङलुङ गाउँपालिका–६ घुन्साका टासी तेन्जिङले बताउनुभयो । सामान्य हिमपात भएकाले खासै जनजीवन प्रभावित भने नभएको उहाँले बताउनुभयो ।

प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत हल्का  हिमपात रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । वर्षासँगै सामान्य हिमपात भएकाले ताप्लेजुङमा चिसो बढेको छ ।

 हिउँ पर्न सुरु गरेसँगै पाथीभरा दर्शन गर्न आएका तीर्थयात्री भने हिउँमा खेलेर रमाउन  पाउने भएकाले खुसी भएका छन् ।  गएको वर्षको तुलनामा यो वर्ष ताप्लेजुङमा छिटो हिमपात भएको हो । गएको वर्ष फागुनको दोस्रो सातामात्रै हिमपात भएको थियो ।

वर्षा हुँदा स्थानीय भने खुसी भएका छन् । लामो समयसम्म वर्षा नहुँदा बालीनाली सुक्न थालेपछि किसान चिन्तित थिए । वर्षाले किसानलाई केही राहत पुगेको फक्ताङलुङ गाउँपालिका–६ का बिर्ख लिम्बूले जानकारी दिनुभयो । वर्षा भएसँगै अलैँची, सागसब्जीलगायतका हिउँदे बालीका लागि राम्रो भएको उहाँले बताउनुभयो । रासस

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर