नेभिगेसन मेनु

बाङ्गे नडाहा सडकको निमार्ण कार्य सुरु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-18 15:15

बाङ्गे-नडाहा-सडकको-निमार्ण-सुरु-photo-2

पुस २ गते । बाङ्गे नडाहा हुँदै धरान जोड्ने सडकको निमार्ण कार्य सुरु भएको छ । गत जेठबाट सुरु भएको सडक बनाउने कामले तीव्रता लिन थालेको हो । वराहक्षेत्र नगरपालिका–३ बाङ्गेदेखि धरान १७ जोड्ने कालोपत्रे सडक बनाउने कामले पछिल्लो समय गति लिन थालेको छ ।

बाङ्गेदेखि धरान जोड्ने साढे नौ किलोमिटर कालोपत्रे सडक निमार्णको काम थालिएको छ । पहिलो चरणमा बाङ्गेदेखि नडाह हुँदैछ किलोमिटरको निर्माण हुने भएको छ । सडकमा पर्ने कल्बोट र सडक साइटको वाल उठाउने काम भइरहेको वराहक्षेत्र–३ का वडाध्याक्ष राजदिप लामाले जानकारी दिनुभयो ।

डबल लेनको दश मिटर चौडाइ भएको सडक निमार्ण हुने सडकका प्रोजेक्ट मेनेजर नविन सिंह माझीले बताउनु भयो । प्रजेक्ट मेनेजर माझीका अनुसार पहिलो प्लमकंक्रिट ढलानको काम सकेपछि कल्भर्ट, ड्रेनको काम सुरु हुनेछ । सडक निर्माणमा चार लेयरको काम हुने भएकाले प्रत्येक लेयरको काम भएपछि मात्रै कालोपत्रे हुनेछ । सडक निमार्ण गर्दा सडकलाई चाहिने आवश्यक मापदण्डअनुसार निर्माण गर्न सडक क्षेत्रका दुवै तर्फका स्थानीयले अवरोध नगर्ने भएकाले सडक समयमै निमार्ण सम्पन्न हुने वडाध्याक्ष लामाले बताउनु भयो ।

सुनसरी क्षेत्र नम्बर ४ का सङ्घीय सांसद ज्ञानेन्द्र बहादुर कार्कीको पहलमा कालोपत्रे सडकको योजना परेर निमार्णको काम अगाडि बढेको वडाध्याक्ष राजदिप लामाले बताउनु भयो । लामाले भन्नुभयो, “बाङ्गेदेखि ६ किलोमिटर सडक कालोपत्रे हुनेछ । आगामी आसार मसान्तसम्म बाङ्गेदेखि नडाहा चौकसम्म पिच भइसक्ने लक्ष्यका साथ काम भइरहेको छ ।” बाङ्गे नडाहा धरान सडकको कालोपत्रे सात मिटरको हुने छ ।

बाङ्गेदेखि धरान जोडिने सडकखण्ड वर्षामा हिलाम्य र हिउँदमा धुलाम्य हुँदा सो सडकखण्ड भएर दैनिक आवत जावत गर्नेहरुले वर्षैदेखि समस्या भोग्दै आएका थिए । सडक निर्माणसँगै वर्षाैदेखिको स्थानीयको समस्या समाधान हुने स्थानीय मोहन थापाले बताउनु भयो ।

निमार्ण व्यवसायी प्रोजेक्ट रनिङ इनफास्ट्रक्चर प्राइभेट लिमिटेड ललितपुरले १३ करोड ३९ लाख ५४ हजार ८ सय ५६ रुपियाँ ५६ पैसामा ठेक्का पारेर काम गर्दै आएको छ । इन्फास्ट्रक्चर प्राइभेट लिमिटेडले २०७९ वैशाख १५ देखि सडकको काम सुरु गरेर २०८१ चैत ३० गते काम सक्नु पर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

सडक बनेपछि वराहक्षेत्र नगरपालिका–३ देखि वडा नम्बर ११ र सुनसरीको कोशी गाउँपालिका सम्मका स्थानीयलाई धरानसम्म आवतजावत गर्न र नगर क्षेत्रमा उत्पादन भएका कृषि उपज बिक्री वितरण गर्न समेत सहज हुने वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की बताउनु भयो । वर्षौदेखि स्थानीय हरुले सडक कालोपत्रे हुनुपर्ने माग राख्दै आएका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर