नेभिगेसन मेनु

कूटनीतिज्ञको सद्भाव जित्दै सूर्योदय
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-17 12:39

Austrlya-2

पुस १ गते । नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्क केही दिनअघि इलामको सूर्योदय नगरपालिका आउनुभएको थियो । राजदूत फेलिसिटीले इलामको चर्चित पर्यटकीय स्थल अन्तुडाँडा पुगेर सूर्योदयको दृश्यावलोकन गर्दै उहाँले कन्याममा जातीय पोसाकका तस्बिर खिचाउनुभयो । 

सूर्योदय नगरपालिकामा आयोजित एक कार्यक्रममा राजदूत फेलिसिटीले सूर्योदयसहित इलामको पर्यटन प्रवर्धन गर्न आफू सद्भाव दूत बन्ने इच्छा सार्वजनिक कार्यक्रममै व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल बसाइमा देशका धेरै जिल्ला गएँ तर यति सुन्दर ठाउँ कतै भेटिएन, तपाईंहरूलाई खाँचो भए म पर्यटन दूत बनेर काम गर्ने छु ।”

राजदूत फेलिसिटी जसरी घामको पहिलो झुल्को अन्तुबाट झुल्किन्छ त्यसरी नै सूर्योदय नगरपालिका देशमा झुल्किएको आफूले पाएको बताउनुभयो । “पर्यटन प्रवर्धन गर्दा वातावरणलाई पनि ख्याल राख्नुपर्छ, वातावरण जोगियो भने मात्र पर्यटन प्रवर्धन हुन्छ,” राजदूत फेलिसिटीले भन्नुभयो । इलामको सूर्योदय नगरपालिका भ्रमणका क्रममा राजदूत फेलिसिटीले सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईसँग नगरको आर्थिक, सामाजिक विकास, पर्यटन प्रवर्धनलगायतका विषयमा अस्ट्रेलियन सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो । 

नगर प्रमुख राईले नगरले गरेका राम्रा कामले अस्ट्रेलियन राजदूत फेलिसिटी निक्कै खुसी भएको बताउनुभयो । नगर प्रमुख राईले भन्नुभयो, “हाम्रो कामको चर्चा उहाँले विभिन्न सामाजिक सञ्जालमा गर्नुभएको छ र आगामी दिनमा थप सहकार्य गर्ने छौँ ।” सूर्योदय नगरको भ्रमणका क्रममा पर्यटन र बालबालिकाको क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको नगर प्रमुख राईले बताउनुभयो ।

फेलिसिटीले सूर्योदय नगरपालिका बालमैत्री वातावरणका लागि नमुना रहेको उल्लेख गर्दै लैङ्गिक हिंसारहित परियोजनाका लागि सहकार्य गर्ने उल्लेख गर्नुभएको छ । जलवायु परिवर्तन, लैङ्गिक समानता, पछाडि परेका वर्गको उत्थान र नेपालको पर्यटन क्षेत्रको विकासका लागि अस्ट्रेलियाले काम गरिरहेको छ । अस्ट्रेलिया सरकार र नेपालका केही पालिकाको सहकार्यमा दिगो परियोजनाहरू सञ्चालित छन् । स्थानीय सरकार सबलीकरण कार्यक्रममा अस्ट्रेलियाले सहकार्य गरेको छ । शक्ति समूहले आयोजना गरेको कार्यक्रममा राजदूत फेलिसिटीसँगै शक्ति समूहका अध्यक्ष चरिमाया तामाङसमेत सहभागी हुनुहुन्थ्यो । 

राजदूतको रोजाइमा सूर्योदय 

सूर्योदय नगरपालिका पर्यटनमा अब्बल छ । स्वदेशी पर्यटकको रोजाइमा रहेका कन्याम र अन्तुमा विदेशी पर्यटकको समेत नजर पर्न थालेको छ । नमुना नगरका रूपमा विकास भइरहेको सूर्योदयमा अवलोकन भ्रमण आउनेको ताँती लाग्ने गरेको छ । पछिल्लो समय सूर्योदय नगरपालिका विभिन्न देशका राजदूतको समेत गन्तव्य बनेको छ । मङ्सिर महिनामा मात्र तीन देशका राजदूतले नगरको भ्रमण गरी थप सहकार्यमा काम गर्न चासो राख्नुभएको छ । नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्क, स्विस राजदूत डेनियल म्युली र जापानी राजदूत किकुता युताकाले सूर्योदयको भ्रमण गर्नुभयो ।  

उक्त अवसरमा स्विस राजदूत डेनियल म्युलीले स्विस सरकारको साझेदारीमा सञ्चालित साना सिँचाइ आयोजनाको उद्घाटन गर्नुभयो । नेपालका लागि जापानी राजदूत किकुता युताकाले जापान सरकारको सहयोगमा निर्माण गरिएको बर्थिङ सेन्टरको उद्घाटन गर्नुभयो । सूर्योदय नगरपालिका आर्थिक विकासतर्फ देशकै उत्कृष्ट नगरपालिका हो । यो नगरपालिका बालमैत्री र पर्यटकीय नगरीसमेत घोषणा भइसकेको छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर