नेभिगेसन मेनु

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान समापन
सम्पादक:南亚网络电视
समय:2023-12-10 14:26

0

इनरुवा, मङ्सिर २४ गते । सुनसरीमा मङ्सिर ९ गतेबाट सुरु भएको लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको आईतबार समापन गरिएको छ । जिल्ला प्रहरी कार्यालय तथा लैगिंक हिंसा नियन्त्रण सञ्जाल सुनसरीको आयोजनामा अभियानको समिक्षा कार्यक्रम गर्दै अभियानको औपचारिक रुपमा समापन गरिएको हो । 

प्रहरी उपरीक्षक विपिन रेग्मीको अध्यक्षता तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको प्रमुख आथित्यतामा १६ दिने अभियान कार्यक्रमको समापन गरिएको हो । सभापन कार्यक्रममा वत्ताहरुले लैगिंक हिंसा कम गर्नका लागि हिंसा नगर्ने र हिंसा नसहने प्रतिवद्धताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा महिला मानवअधिकारकर्मी सरस्वती लुईंटेल केसीले लैङ्गिक हिंसा विरुद्ध अभियानको क्रममा सचेतना कार्यक्रममा सहजीकरण गर्दै कमला खत्वेले भन्नुभयो, कानुनको पालन सबै नागरिकले गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी गैरसरकारी संस्था महासंघका अध्यक्ष मेघराज न्यौपानले अहिले पनि गाउँमा धेरै अशिक्षित महिला भएका र हिंसामा परेपछि कहाँ जाने के ? के गर्ने भन्ने जानकारी नभएको गाउँठाउँमा अभियानका क्रममा सचेतनाका कार्यक्रम भएको बताउनुभयो ।

प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले अभियानका क्रममा १२ स्थानीय तहका एक सय १६ स्थानमा विभिन्न सचेतनामुलक कार्यक्रम गरिएको जानकारी दिनुभयो । उहाँले हिंसा कहाँ, कसरी ? कोबाट ? भएको र त्यसको उजुरी कहाँ गर्ने, हिंसा सहेर नबस्ने विषयमा प्रशिक्षण दिने काम पनि गरेको बताउनुभयो । अभियानका क्रममा ६ हजार बढी नागरिक, महिला र बालबालिकाहरुलाई अभियानसँगै हिंसा नगर्न न हिंसा भएको खण्डमा न्यायको खोजी गर्न र सहेर नबस्न आग्रह गरिएको बताउनुभयो ।  

हिंसामा परेपछि प्रहरीमा जाने भन्ने जानकारी भएपनि मुद्दा मामिलाका कुरा थाहा नभएको अवस्थालाई चिर्र्दै न्याय प्राप्त गर्न सहज बाटो रोज्न सचेतना दिएको जनाएको छ ।उता इनरुवा नगरपालिका ९ बबियाका विधार्थी बालबालिकाहरुलाई बालविवाह विरुद्धको सचेतना कार्यक्रम अन्तरगत अभिमुखिकरण गरिएको छ । 

हिंसाका प्रकृति धेरै प्रकारका रहेका छन् । बालविवाह, बलात्कार, यौनजन्य दुव्र्यवहार, बालविवाह, घरेलु हिंसा, बहुविवाह, दाइजो हिंसा, गाली बेजती, बोक्सी आरोप, मानव बेचबिखन तथा ओसारपसार यी सबै हिंसा हुन् । अधिकारकर्मी तथा मेलमिलापकर्ता जयकृष्ण यादवले भन्नुभयो कानुनले बर्जित गरेका हिंसात्मक गतिविधिलाई सहेर बस्नुभन्दा कानुनी उपचार खोल्नुपर्ने बताउनुभयो। हिंसा गर्ने लैगिक हिंसाजन्य गतिविधि गर्नेलाई कानुनी सजाय हुने व्यवस्था रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा इनरुवा नगपालिकाका नगर उपप्रमुख विनितकुमारी मेहता, निमित प्रमुख जिल्ला अधिकारी ओमप्रसदा भट्टराई, उधोग बाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साह सतिहले अभियानका क्रममा तालिम र अभिमुखिकरण गरिएको बताउनुभयो । उता ७५ औं विश्व मानव अधिकार दिवश समेत भव्यताका साथ जिल्लामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर