नेभिगेसन मेनु

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न
सम्पादक:南亚网络电视
समय:2023-12-07 15:31

0

धनकुटा, मङ्सिर २१ गते । जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाको आयोजनामा पूर्वी पृतना हे.क्वा. इटहरी ब्यारेकमा सञ्चालित चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाली सेनाको सङ्गठनात्मक स्वरूप जिम्मेवारी, भूमिका एवम् मुख्य गतिविधिबारे जानकारी गराउनुका साथै नेपाली सेनाको समाचार सम्प्रेषणमा सञ्चारकर्मीहरूलाई सहजता पुरर्‍याउने उद्देश्यले कार्यक्रम गरिएको हो । 

कार्यक्रम पूर्वी पृतना हे.क्वा. का पृतनापति उपरथी आशबहादुर तामाङ (पिएच.डि.) बाट एक कार्यक्रमबिच तालिममा सहभागीहरूलाई क्याप तथा प्रमाणपत्र वितरण गरिएको छ। आइतबारबाट सुरू गरिएको तालिममा सेनानी रामबहादुर बोहोराले नेपाली सेनाको संक्षिप्त परिचय, पूर्वी पृतना हे.क्वा.का पृतनापति उपरथी आशबहादुर तामाङले पूर्वी पृतनाको जिम्मेवारी क्षेत्र, जिम्मेवारी चुनौती तथा तनाव व्यवस्थापन, जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुख सेनानी सागर कार्कीले रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (डीकाेप) को महत्व, जनसम्पर्क तथा सूचना निर्देशनालयको भूमिकालगायतका विषयमा जानकारी गराउँदै सहजीकरण गर्नुभएको थियो । 

नेपाली सेनाले सन् १९९२ देखि युएन मिसनमा महिलालाई सहभागी गराउने, शान्ति स्थापना र विपद् व्यावस्थापन, प्रकृति संरक्षणमा नेपाली सेना, राष्ट्रिय सेवा दलको विस्तार, क्षेत्र, तालिमको महत्व र आवश्यकता, नेपाली सेनामा विद्युतीय प्रणालीको प्रयोग र प्रभावकारिता एवम् चुनौती लगायतका विषयमा सम्बन्धित कार्यालयका प्रतिनिधिबाट सहजीकरणका साथै अन्तरक्रिया गरिएको थियो । 

मङ्गलबार पूर्वी पृतना हे.क्वा.को कार्यक्षेत्रभित्र संरक्षण गरिएका वन्यजन्तु, वृक्षरोपण गरिएका ३२७८ बोटबिरूवा, कमलको फूललगायतको पृतनापति उपरथी आशबहादुर तामाङले दृश्यावलोकन गराउनुभएको थियो । सोही दिन कोशीटप्पुस्थित दुर्गादल गुल्मको क्षेत्राधिकारमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष भ्रमण गरी वराह नगरपालिका-७ सिसौली घाटमा बाेटिङ, हात्तीसारमा रहेको हात्ती प्रजनन केन्द्र अवलोकन, अर्ना चरिरहेको समयमा अर्नाको दृश्यावलोकन, मैत्रीपूर्ण बास्केटबल खेल प्रतियोगिता सञ्चालन, बुधबार ब्याटमेन्टन खेलमा रमाउँदै मानव अधिकार निर्देशनालयको भूमिका तथा महत्व, नेपाली सेनासम्बन्धी कानुन कार्यान्वयन , सैनिक प्रहरी गणको जिम्मेवारी र भूमिका, नेपाली सेनाद्वारा सञ्चालित विकास निर्माणका गतिविधि, राष्ट्र विकासमा नेपाली सेना, विगतमा सम्पादित विकास कार्यहरू एवम् हाल निर्माणाधीन कोरिडोर निर्माण कार्यका झलकहरू, नेपाली सेना, काठमाडौं-तराई मधेश सडक २०७४ बाट सुरू गरिएको (फाष्ट ट्रयाक) आयोजनाको विशेषता मुख्य कार्यहरू तथा कार्य प्रगति स्थितिबारे संक्षिप्त जानकारी, सफा हिमाल अभियानमा नेपाली सेना लगायतका विषयमा जानकारी गराइएको प्रमुख सेनानी सागर कार्कीले जानकारी दिनुभयो। 

सेनाको पूर्वी पृतना हे.क्वा. को जिम्मेवारी क्षेत्र अन्तर्गत कोशी प्रदेशका विभिन्न जिल्लामा कार्यरत २० जना सञ्चारकर्मीको सहभागिता थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर