नेभिगेसन मेनु

सत्य समाचारले परिवर्तन सम्भव : खापुङ
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-16 13:14

Untitled-1

उर्लाबारी, भदौ ३० गते । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पत्रकारिता क्षेत्रमा कोषराज रेग्मीले देख्नुभएको सपना यस पुस्ताका पत्रकारहरूले पूरा गर्नुपर्ने बताउनुभएको छ। पीताम्वर खिलेश्वरी स्मृति प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिने कोषराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० धर्मेन्द्र झालाई शुक्रबार प्रदान गर्दै उहाँले यस्तो बताउनुभएको हो। पत्रकारहरूको जग भनेको सम्प्रेषित सत्य समाचार नै हो उहाँले भन्नुभयो।

तथ्य सत्यमा आधारित समाचारले मात्र परिवर्तन सम्भव हुने बताउँदै उहाँले सन् १९७२ मा रिचार्ड निक्सन दोस्रो पटक अमेरिकाको राष्ट्रपति भए पनि मिडियाकै कारण राजीनामा दिनु परेको संस्मरण गर्नुभयो। उक्त घटना वाटरगेट कान्डका रूपमा चर्चित भएको उहाँको भनाइ थियो। साम्प्रदायिक र धार्मिक एकताले मात्र मुलुकलाई सही दिशा दिन सक्ने बताउँदै प्रदेश प्रमुख खापुङले समाजलाई भड्किन नदिन जातीय, धार्मिक सद्भाव कायम गर्नुपर्नेमा जोड दिनुभयो। 

नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले पछिल्लो समय पत्रकारिता समस्याग्रस्त भएको बताउँदै प्रविधि भित्रिए पनि पत्रकारितामा सुधार नभएको बताउनुभयो। पत्रकारिता समस्याग्रस्त बन्नुका कारण पत्रकार स्वयम् भएको उल्लेख गर्दै उहाँले पत्रकारको प्रतिवद्धता अझ कमजोर भएको धारणा राख्नुभयो। राष्ट्रिय समाचार समितिका अध्यक्षसमेत रहनुभएका झाले पुरस्कारले मात्र पत्रकारिताको विकास नहुने बताउनुभयो। 

“आमसञ्चारका क्षेत्रमा सुधार नहुनुको मुख्य कारण राज्यको दृष्टिकोण सकारात्मक नभएकाले पनि हो,” उहाँले भन्नुभयो, “पत्रकारिता कसका लागि भन्ने अझै प्रस्ट भएको छैन। ” उहाँले सञ्चार साहित्यलाई महत्वका साथ प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल पत्रकार महासङ्घ मोरङका उपाध्यक्ष मोहनप्रसाद भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा रेग्मीको व्यक्तित्वका विषयमा प्रतिष्ठानका सदस्य कविराज न्यौपानेले प्रकाश पार्नुभएको थियो।

पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अम्मर खड्का, पत्रकार अनन्तराज न्यौपाने, पर्शुराम निरौलालगायतले बोल्नुभएको थियो। सोही अवसरमा दिनेश श्रेष्ठ र दुर्गाप्रसाद भट्टराईलाई अग्रज पत्रकारका रूपमा सम्मान गरिएको थियो।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर