नेभिगेसन मेनु

हिन्दु राष्ट्र अपरिहार्य : लिङ्देन
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-08 11:42

Untitled-1 (9)

धरान, भदौ २२ गते । धरान उपमहानगरपालिका वडा नम्बर ६ मा स्वतन्त्रबाट निर्वाचित वडाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । स्थानीय तहको दोस्रो निर्वाचन २०७९ मा नेपाली कांग्रेसबाट असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्षमा विजयी बन्नुभएका भूपेन्द्र भट्टराईले बिहीबार राप्रपामा प्रवेश गर्नुभएको हो । उहाँलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले पार्टी प्रवेश गराउनुभएको थियो । 

नेपाल गणतन्त्र, धर्म निपेक्षता र सङ्घीय प्रणालीमा गए पनि देश अराजकतातर्फ उन्मुख हुँदै गएको, धार्मिक तथा जातीय सद्भाव खल्बलिन थालेको र जनताले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नपाएको बताउँदै अध्यक्ष लिङ्देनले देशमा अमनचयन, सुशासन र समृृद्धिका लागि राजसंस्था र धार्मिक तथा सामाजिक विखण्डन रोक्ने हिन्दु राष्ट्र अपरिहार्य भएको बताउनुभयो । नेपाल हिन्दु राष्ट्र हुनु पर्छ, सङ्घीयता र धर्मनिरपेक्ष राष्ट्र हुनु हुँदैन भनेर व्यक्तिगत स्वार्थबाट माथि उठेर वकालत गर्दै हिँडेको राप्रपाको अभियान जारी रहेको उहाँले बताउनुभयो । 

धरानमा धार्मिक, जातीय सद्भाव भड्किन सक्ने र यस क्रममा पर्यटकसमेत आउन छाड्ने अवस्था रहेकाले राप्रपाको अभियानलाई आत्मसात गरेर अगाडि बढ्न सकेमा विकृति, विसङ्गतिको अन्त्य गर्न सकिने अभिप्रायले आफू राप्रपामा प्रवेश गरेको वडाध्यक्ष भट्टराईले बताउनुभयो । 

पार्टी प्रवेश कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य रामकुमार सुब्बा, जिल्ला सदस्य उद्धव श्रेष्ठ, जिल्ला सदस्य नमुना योञ्जन श्रेष्ठ, अशअविरल राईलगायतको उपस्थिति रहेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर