नेभिगेसन मेनु

मोर्चा कांग्रेससँग साझेदारी गर्दै अगाडि बढ्छ : अध्यक्ष यादव
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-11 16:19

Upendra-yadav

विराटनगर, भदौ २१ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा नेपालले नेपाली कांग्रेससँग साझेदारी गरेर अगाडि बढ्ने बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष यादवले कांग्रेससँगको सल्लाह, सहमति र साझेदारी गर्ने विश्वासका साथ मोर्चा बनेको बताउनुभएको हो । उहाँले मोर्चा र कांग्रेसलाई अहिले छुट्याएर हेर्नुभन्दा साझेदारी भइरहेको राजनीतिक सहयात्रीको रूपमा लिनुपर्ने बताउनुभयो । “मोर्चाको विषयलाई लिएर कोही कसैलाई कुनै प्रकारको भ्रम छ भने त्यो नराख्न र मोर्चाले कांग्रेससँग साझेदारी गर्दै अगाडि बढिरहेकोमा स्पष्ट हुन मेरो आग्रह छ,” अध्यक्ष यादवले भन्नुभयो । 

समाजवादी मोर्चा नेपालले विराटनगरमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्न आउनुभएका अध्यक्ष यादवलाई कोशी प्रदेशमा गठबन्धनले दुई पटक संविधान मिचेर गलत काम गरेको विषयमा पनि प्रश्न गरिएको थियो । जवाफमा अध्यक्ष यादवले भन्नुभयो, “यो गलत गरेको भन्दा पनि प्रणालीमा देखिएको दोष हो, संसदीय व्यवस्थामा दुई तिहाइको सङ्ख्या त टिक्न नसकेर कतिपय बेलामा यस्ता काम हुने गर्छ भने यहाँ एक दुई सङ्ख्याको फरक पर्दा यस्तो समस्या आइपरेको हो । त्यसैले संविधानको व्यवस्थामै केही त्रुटिहरू छन् त्यसलाई सच्याउनुपर्छ ।”

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर