नेभिगेसन मेनु

अनुसन्धानमा अत्याधुनिक प्रविधि प्रयोग गर्नुपर्छ : मन्त्री श्रेष्ठ
सम्पादक:南亚网络电视
समय:2023-09-15 18:35

0

हेटौँडा, भदौ २९ गते । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले वर्तमान विज्ञान र प्रविधिको युगमा प्रहरीले अपराध वा कुनै घटनाको अध्ययन अनुसन्धानमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक विज्ञान प्रविधिको प्रयोग गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

हेटौँडा उपमहानगरपालिका–१३ स्थित पदमपोखरी प्रहरी चौकीको उद्घाटन गर्दै प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री श्रेष्ठले बागमती प्रदेशमा रहेको प्रहरी कार्यालय र प्रहरी जनशक्तिलाई अत्याधुनिक उपकरणयुक्त र प्रविधिमैत्री बनाउँदै लैजाने बताउनुभयो । 

मन्त्री श्रेष्ठले अहिलेको प्रहरीको क्षमतालाई गुणात्मक ढङ्गले वृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले हाम्रो देशका प्रहरीलाई नागरिकमैत्री बनाउने काममा लागिरहेका छौँ, तर एउटा हातले मात्र ताली नबज्ने भनेझै नागरिकहरू पनि प्रहरीमैत्री बन्न सक्नुपर्ने बताउनुभयो । 

प्रहरी भनेको एउटा माध्यम अर्थात् साधन मात्र हो, यसलाई प्रयोग गर्न सक्दा प्रहरीमैत्री संस्कारको विकास हुने मन्त्री श्रेष्ठले बताउनुभयो । नेपाल सरकारले भदौ मसान्तसम्म प्रदेशमा प्रहरी समायोजन सम्पन्न गर्ने प्रतिबद्धता गरेको थियो, सो प्रतिबद्धताअनुसार प्रहरी समायोजन नहुने भएको भन्दै मन्त्री श्रेष्ठले नेपाल सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्न बाध्य हुँदैगएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले पदमपोखरीमा प्रहरी चौकी स्थापना हुनु खुसीको कुरा भएको भन्दै यहाँ नागरिक र प्रहरीले समन्वय र सहकार्यमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री मोक्तानले पदमपोखरीमा इलाका प्रहरी कार्यालय आवश्यक रहेको भन्दै यसका लागि पहल भइरहेको बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका उपसचिव दीपकप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइ, प्रहरी नायब महानिरीक्षक किरण राणा, हेटौँडा उपमहानगरपालिका वडा १३ का अध्यक्ष पेमा लामा, मकवानपुर प्रहरी प्रमुख सीताराम रिजाल, प्रहरी उपरीक्षक चित्र गुरुङ, राकेश सिंह, सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा चौकी निर्माणमा सहयोग गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दुई करोड २६ लाख १५ हजार ११७ रुपियाँको लागतमा एक कठ्ठा नौ धुर क्षेत्रफलमा महिला र पुरुषको लागि छुट्टाछुट्टै हिरासत कक्ष, महिला ब्यारेक, कार्यालय प्रमुख निवाससहित तीन तले प्रहरी चौकीको निर्माण भएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर