नेभिगेसन मेनु

कोशीमा पानीको बहाव उच्च
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-27 12:21

Untitled-1 (1)

वराहक्षेत्र (सुनसरी), भदौ १० गते । सप्तकोसी नदीमा यो वर्ष दोस्रो पटक ५६ ढोका खोलिएको छ । पानीको बहाव उच्च हुँदै गएपछि सप्तकोशी ब्यारेजको ५६ ढोका खोलिएको हो । पहाडी क्षेत्रमा वर्षा भएसँगै शुक्रबार दिउँसोदेखि नै कोसीमा पानीको बहाव निरन्तर उच्च हुँदै गएको थियो । शुक्रबार साँझ तीन लाख ८० हजार ८१५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएसँगै ५६ ढोका खोलिएको थियो । कोसी ब्यारेज कन्ट्रोल रुमका कर्मचारी अमित यादवका अनुसार राति १२ बजे चार लाख १४ हजार ६० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो । शनिबार बिहान ६ बजे तीन लाख ८३ हजार ८०५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो । 

गत साउन २९ गते चार लाख ६२ हजार ३४५ क्युसेक पानीको बहाव यस वर्षकै उच्च र अहिलेसम्मको पाँचौँ पटक उच्च मापन गरिएको कोशी योजना विराटनगरका सम्पर्क तथा भूआर्जन अधिकृत प्रमोद पौडेलले बताउनुभयो । उहाँका अनुसार पहिलो पटक सन् १९६८ अक्टोबर ५ मा सात लाख ८८ हजार दुई सय क्युसेक पानीको मापन गरिएको थियो । सन् १९६८ अगस्ट २७ मा चार लाख एक हजार ९० क्युसेक, १९८४ सेप्टेम्बर १७ मा पाँच लाख एक हजार ७८७ क्युसेक, सन् १९८७ मा पाँच लाख २३ हजार ७७१ क्युसेक र १९८९ सेप्टेम्बर १९ मा चार लाख ७२ हजार १९३ क्युसेक पानीको बहाव उच्च मापन गरिएको छ । 

यस वर्षको दोस्रो पटक पानीको बहाव उच्च मापन र सन् १९६८ यताकै छैटौँ पटक मापन गरिएको पौडेलले बताउनुभयो । पहाडी क्षेत्रमा वर्षा भएसँगै कोसी नदीमा पानीको बहाव उच्च भएको थियो । कोसीमा पानीको बहाव उच्च भए पनि पूर्वी तटबन्धमा सामान्य कटानबाहेक कुनै क्षति नभएको र श्रीलङ्का टापुमा भने कटान भइरहेको उहाँले बताउनुभयो । राजावास, प्रकाशपुर, मधुवनलगायत पूर्वी तटबन्धमा खतरा नरहेको बताइएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर