नेभिगेसन मेनु

एसिसी प्रिमियर कपको फाइनल खेलमा युएई विरुद्ध नेपालको सानदार जित
सम्पादक:南亚网络电视
समय:2023-05-02 15:40

Nepal-vs-UAE-in-the-semifinal-of-ACC-Premier-Cup-2023

नेपाल एसीसी प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट भएको छ । मंगलबार सम्पन्न फाइनलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरि नेपाली क्रिकेट इतिहासकै ठूलो सफलता हात पार्न सफल भयो ।  

युएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्‍यो। नेपालका लागि गुल्सन झाले ८४ बलमा ६७ रन बनाए भने भीम सार्कीले ७२ बलमा ३६ रन बनाए । 

फाइनल खेलमा युएईले घरेलु टोली नेपाललाई जितका लागि एक सय १८ रनको चुनौती दिएको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईले ३३ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रनमा समेटिएकाे थियाे ।

हिजो टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव तीन ओभरमा नौ विकेट गुमाउँदै एक सय छ रन बनाएको थियो । खेल वर्षाका कारणले रोकिएपछि आज हिजोकै ओभरबाट खेल सुरु भएको हो ।    

युएईका लागि आसिफ खानले ५४ बलमा सात चौका र एक छक्काको सहयोगमा ४६ रन बनाएका थिए । ओपनर आर्यान लाक्राले २८ बलमा १३ रन बनाए । नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिएका थिए । त्यस्तै करण केसी र सन्दीप लामिछानेले समान दुई–दुई तथा गुलसन झा र सोमपाल कामीले समान एक–एक विकेट लिएका थिए । युएईलाई पराजित गरेरसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने लक्ष्य पुरा गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाइ दिएका छन्। प्रधानमन्त्री प्रचण्डले यूएईविरुद्ध शानदार जित निकालेकोमा नेपाली टोलीलाई शुभकामना तथा बधाइ दिएका हुन्। कपमा छनोट हुनु ठूलो सफलता भएको भन्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन्-' एसिया कप छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु।'

प्रधानमन्त्रीले विजेता खेलाडीहरूलाई सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता जनाएका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर