नेभिगेसन मेनु

वर्षाले फेरि रोकियो खेल
सम्पादक:南亚网络电视
समय:2023-05-01 15:17

1

एसिसी प्रिमियर कपको फाइनलकाे नेपाल र यूएईबीचको खेलमा वर्षा फेरि बाधक बनेको छ। यूएईको नवौं विकेट पतन हुँदा वर्षा भएपछि त्रिवि क्रिकेट मैदान फेरि त्रिपालले ढाकिएको छ।  

त्यसअघि नेपालको आक्रमक बलिङको अगाडी यूएइ निरीह बनेको छ। नेपालका ललित राजबंशीले यू्एईका आठौं र नवौं विकेट लगातार झारे। उनले ४६ रन बनाएर खेलेका आरिफ खान र शुन्य रनमा जाहिर खानलाई पवेलियन फर्काए। यो खेलमा ललितको तेस्रो विकेट हो।  

यूएईको लगातार विकेट झर्ने क्रम जारी छ। नेपालका सन्दिप लामिछानेले व्यक्तिगत तर्फ दोस्रो विकेट लिँदै यूएईको सातौं विकेट झारेका छन्। उनले आयन अफजललाई ५ रनमा आउट गरे।  

त्यसअघि नेपालका गुल्शन झाले युएईको छैटौं विकेट झारेका थिए। उनले १० रन बनाएर खेलिरहेका बसिल हमिदलाई आउट गरे। त्यसअघि नेपालका करण केसीले दुई, ललित राजबंशी, सोमपाल कामी र सन्दिप लामिछानेले एकएक विकेट लिए।

सन्दिपले रोहन मुस्ताफालाई कुशल मल्लको हातबाट क्याच आउट गरे।। त्यसअघि चौथो विकेटमा ललित राजबंशीले रमेज शेहेजादलाई एक रनमा आउट गरे।  

करण केसीले व्यक्तिगत दुई विकेट लिँदै यूएईको तेस्रो विकेट पतन गराए। उनले युएईका आर्यन लाक्रेको विकेट लिए। उनी १३ रन बनाएर खेलिरहेका थिए।  

यसअघि युएईका भृत्य अर्विन्दलाई नेपालका करण केसीले आरिफ शेखको हातबाट क्याच आउट गराए। उनले दुई चौकासहित ८ रन जोडेका थिए।  

त्यस्तै पहिलो विकेटमा युएईका ओपनर मोहम्मद वासिमलाई सोमपाल कामीले ललित राजबंशीको हातबाट क्याच आउट गराए। ललितले हावामा उफ्रिएर बल क्याच गरेका थिए। वासिमले १ चौका र १ छक्कासहित ११ रन बनाएका थिए। ताजा अवस्थामा यूएई २७ औं ओभर सकिँदा ७ विकेटको क्षतिम १०६ रन बनाएर खेलिरहेको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर