नेभिगेसन मेनु

साझा कार्यक्रम बनाएर मात्रै मन्त्रिपरिषद् पुर्नगठन : झलनाथ खनाल
सम्पादक:南亚网络电视
समय:2023-03-24 15:07

Jn-Khanal

फिदिम, चैत १० गते । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले सरकारलाई पूर्णता दिनु अगाडि सत्ता साझेदार दलहरु बीच साझा कार्यक्रम बन्नु पर्ने बताउनुभएको छ ।

पार्टी कार्यकर्ता प्रशिक्षणका क्रममा शुक्रबार पाँचथर आइ पुग्नुभएका नेकपा एसका वरिष्ठ नेता खनालले फिदिममा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै सो कुरा बताउनुभएको हो ।

नीति र कार्यक्रमले नै सरकारलाई मार्ग प्रस्त गर्ने भएकाले गठबन्धन दलहरुले त्यसलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको तर्क थियो । ‘‘कुर्सी बाँडफाँटभन्दा नीति निर्माणमा जोड दिऔँ, त्यसपछि संघ र प्रदेशको सरकारलाई पूर्णता दिऔँ भनेर नेताहरुलाई सुझाएको छु,’’ नेता खनालले भन्नुभयो ।

गठबन्धन तत्कालको आवश्यकता भएको भन्नुहुँदै नेता खनालले सत्ताकै लागि छिनछिनमा नयाँ समीकरण बनिने अवस्था आउनु देशको हितमा नहुने बिचार व्यक्त गर्नुभयो ।

सरकारलाई पूर्णता दिने क्रममा आफ्नो दलले न्यूनत्तम तीनवटा मन्त्रालय पाउनुपर्ने अडान उहाँको छ । पछिल्लो समय कम्युनिष्ट पार्टीहरु सत्ता र सरकारमा सहभागिता खोजिरहेकाले समाजवादी केन्द्र बनाउने मुद्दा ओझेलमा परेको उहाँको भनाइ छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर