नेभिगेसन मेनु

मोतीगढा रुपनी सडक कालोपत्रे गरिने
सम्पादक:南亚网络电视
समय:2023-03-08 14:06

1

गाईघाट,फागुन २४ गते । सदरमुकाम जोड्ने उदयपुर जिल्लाकै सबैभन्दा पुरानो गाईघाट–फतेपुर धुले सडकको मोतीगढा, जोगीदह, रुपनी खण्डमा दुई लेनको बनाएर कालोपत्रे गर्ने तयारी गरिएको छ। उदयपुरगढीबाट गाईघाटमा जिल्ला सदरमुकाम सारिएपछि २०२८ सालमा नै यो सडकमा चारपाङ्ग्रे सवारी गुडेको भए पनि अहिलेसम्म यहाँ सडक सुधार गरिएको थिएन।

त्रियुगा नगरपालिका वडा नं. १, २ र ३ तथा चौदण्डीगढी नगरपालिकाको वडा नं. १०, ९ र ५ को सुन्दरपुर हुँदै सप्तरीको फत्तेपुर जोड्ने ३० किलोमिटर लामो सो सडकअन्तर्गत मोतीगढा रुपनीसम्मको करिब १२ किलोमिटरमा यसै वर्ष काम सम्पन्न गर्नेगरी काम द्रुत गतिमा अगाडि बढाइएको डिभिजन सडक कार्यालय लहानका प्रमुख डिभिजन इन्जिजियर रामकुमार देवले बताउनुभयो। 

प्रमुख देवका अनुसार नेपाल सरकारको निर्वाचन क्षेत्र रणनैतिक सडक योजनाअनुसार कामअघि बढाइएको छ। सङ्घीय संसद्को एउटा निर्वाचन क्षेत्रमा कम्तिमा २५ र बढीमा ४० करोड रुपियाँसम्मको लागतमा सडक निर्माण गर्ने नीति छ। जसअनुसार उदयपुरको निर्वाचन क्षेत्र नं. १ मा पर्ने सदरमुकाम गाईघाट जोड्ने जिल्लाकै सबैभन्दा पुरानो सडकअन्तर्गत मोतीगढा जोगिदह खण्डमा कालोपत्रे गर्न लागिएको हो।

सडकको स्तरोन्नतीसँगै चौडा पार्ने र दायाँबायाँ नाली निर्माणसहित सो क्षेत्रमा पर्ने पाँचवटा ठूला तथा १७ वटा साना गरी २२ वटा कल्भर्ट निर्माण सम्पन्न भइसकेको छ। धेरै ठाउँमा नाला निर्माणलगायत सम्बन्धित अन्य स्ट्रक्चरका कामसमेत धमाधम भइरहेको डिभिजन सडक कार्यालय लहानका साइट इन्जिनियर सञ्जिव दासले बताउनुभयो।

सडकको सम्पूर्ण कार्य सम्पन्न गर्न मैनाचुली साह रेग्मी ज्वयन्ट भेन्चर निर्माण कम्पनीले २८ करोड ४३ लाख ४६ हजार रुपियाँमा ठेक्का सम्झौता गरेको छ। निर्माण कम्पनीका व्यवसायी मनीकुमार दाहाल खत्रीले त्रियुगा नगरपालिकाले माटोको रोयल्टी तिर्न लगाउने तर सडक कार्यालयले इस्टमेटमा माटोका लागि रकम नराखेकोले काममा कहिलेकाहीँ बाधा उत्पन्न हुने गरेको बताउनुभयो। उहाँले कुनै बाधा विरोध नभएमा निर्धारित समय भन्दा धेरै अगाडि नै काम सम्पन्न गर्ने गरी आपूmले काम गरिएको र हाल स्ट्रक्चर निर्माणको काम सकेर धेरै स्थानमा माटो भर्ने काम भइरहेको बताउनुभयो।

यो सडक निर्माणसँगै सदरमुकामसम्म सरकारी कामकाजमा आउने सेवाग्राही, गर्भवती महिला, सुत्केरी र अन्य कतिपय आकस्मिक उपचारका लागि अस्पतालमा  लैजानुपर्ने बिरामी बोकेका एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधन, तीनचक्के अटो तथा मोटरसाइकलसमेतलाई सहजता हुने त्रियुगा नगरपालिका–२ निवासी समाजसेवी रुद्र अधिकारीले बताउनुभयो।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर