नेभिगेसन मेनु

चम्पादेवी कपको उपाधि चिशंखुगढीको पोल्टामा
सम्पादक:南亚网络电视
समय:2023-03-09 13:41

azdnszf

ओखलढुङ्गा, फागुन २५ गते । चम्पादेवी गाउँपालिका ओखलढुङ्गामा सम्पन्न प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि चिशंखुगढी गाउँपालिका ओखलढुङ्गाले जितेको छ । आयोजक चम्पादेवी गाउँपालिकालाई हराउँदै चिशंखुगढीले उपाधि जितेको हो । 

प्रथम उपाधि विजेता चिशंखुगढी गाउँपालिकाले नगद दुई लाखसहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । दोस्रो भएको चम्पादेवीले एक लाख ५० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका तेस्रो र जिल्लाकै लिखु गाउँपालिका सान्त्वना भएको वडा नं.४ का वडा अध्यक्ष इन्द्र केसीले बताउनुभयो । 

तेस्रो भएको गोकुलगङ्गाले एक लाख र सान्त्वना भएको लिखु गाउँपालिकाले ४० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । चम्पादेवी गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप अन्तर्गत आधा दर्जन खेलकुदका प्रतियोगिता सञ्चालन भएका थिए । परम्परागत स्थानीय खेल घोडा दौड, गोरु जुधाइ, साथै श्रीमती बोकेर कुद्ने, झिकुरी, तान डोरी, बालन, झाँकी, लोकदोहोरी प्रतियोगितालगायत अन्य मनोरञ्जनात्मक खेल गतिविधि सञ्चालन भएका थिए ।

गाउँपालिकामा रहेका पर्यटकीय सम्भावना भएका क्षेत्रहरूको खेलकुदको माध्यमबाट विकास तथा प्रचार प्रसार गर्नका लागि प्रथम अध्यक्ष कप अन्तर्गत चम्पादेवीको उच्च स्थानमा रहेको डलीडाँडा खेल मैदानमा विभिन्न प्रतियोगिता सञ्चालन गरिएको अध्यक्ष केसीको भनाइ छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर