नेभिगेसन मेनु

मन्त्रालयको नाम परिवर्तन गर्ने निर्णय
सम्पादक:南亚网络电视
समय:2023-03-07 15:13

1

विराटनगर, फागुन २३ गते । प्रदेश सरकारले सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको नाम परिवर्तन गरेको छ। कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको नाम परिवर्तन गरी ‘भौतिक पूर्वाधार विकास मन्त्रालय’ बनाएको हो। मन्त्रालयको नाम लामो हुँदा अप्ठ्यारो भएको भन्दै मन्त्री दुर्गाप्रसाद चापागाईंले मन्त्रीस्तरीय निर्णय गरेर नाम परिवर्तनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्राचार गर्नुभएको थियो। सरकारले सोही सिफारिस बमोजिम मन्त्रालयको नाम परिवर्तन गरेको हो। 

मन्त्रालयले उक्त प्रस्ताव फागुन १७ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको थियो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले ‘सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय’ भन्ने नामको सट्टा ‘भौतिक पूर्वाधार विकास मन्त्रालय’ नाम कायम गर्ने निर्णय गरेको हो। 

प्रदेश सरकारको २०७८ माघ २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालीन प्रदेश १ को मन्त्रालय सङ्ख्यासम्बन्धी निर्णय गर्दै १२ वटा मन्त्रालय रहने निर्णय गरेको थियो। उक्त निर्णयमा साबिकमा कायम रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विभाजन गरेर तीनवटा मन्त्रालय बनाइएको थियो। जसमा सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय र यातायात तथा सञ्चार मन्त्रालय बनाइएको थियो। वर्तमान प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की नियुक्त भएपछि उहाँले मन्त्रालयको सङ्ख्या घटाएर नौवटा कायम गर्नुभयो। अहिले नाम परिवर्तन गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयको नाम सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय रहेकोमा पछिल्लो निर्णयबाट पुनः परिवर्तन गरिएको हो।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर