नेभिगेसन मेनु

पर्यटन, स्थानीय उत्पादन र संस्कृति संरक्षण गर्न बाजुरामा फेसन शो
सम्पादक:南亚网络电视
समय:2026-11-06 16:16

886934986_1443389697238504_6424432156194697296_n-1024x683

बाजुरामा स्थानीय उत्पादन प्रवर्द्धन गर्न फेसन शो आयोजना गरिएको छ ।

‘फार्म टु फेसन–क्लाइमेट अवेरनेस रनवे –२०२६’ आयोजना गरिएको आयोजक थ्रेड्स अफ द हिमालयन फाउन्डेसनले जनाएको छ । ४ नोभेम्बरमा आयोजना गरिएको कार्यक्रमले फेसन, जलवायु सचेतना, सांस्कृतिक संरक्षण, ग्रामीण सशक्तीकरण र दिगो पर्यटनलाई एकै मञ्चमा जोडेको फाउन्डेसनले जनाएको छ

आयोजक संस्था अध्यक्ष रमिला नेम्कुल श्रेष्ठका अनुसार कार्यक्रमले नेपालको हिमाली क्षेत्रमा भेडापालन र स्थानीय ऊनको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको थियो ।

यसबाट किसान, स्थानीय सिप, महिला तथा लघु उद्यमशीलता र फेसन उद्योगबीच सम्बन्ध स्थापित गर्ने दीर्घकालीन लक्ष्य राखेको छ ।

कार्यक्रमले जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको आवाज उठाउँदै दिगो उत्पादन, प्राकृतिक स्रोत संरक्षण र स्थानीय ज्ञानको महत्त्व उजागर गरेको समेत आयोजकले जनाएको छ ।

यसबाट बाजुरा र सुदूरपश्चिम क्षेत्रको प्राकृतिक सौन्दर्य, सम्पदा पर्यटन सम्भावना विश्वसामु चिनाउने अवसर सिर्जना गरेको छ ।

 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी