नेभिगेसन मेनु

भोटेकोशी बाढीका मृतकको पहिचानमा सहयोग गर्ने चिनियाँ विशेषज्ञ सम्मानित
सम्पादक:南亚网络电视
समय:2026-09-29 18:53

825286694_122209530176793724_169827993118614962_n

दक्षिण एसिया नेटवर्क टिभि, काठमाडौ, असोज २९ – भोटेकोशी बाढीमा परी मृत्यु भएकाहरूको डीएनए तथा फरेन्सिक पहिचानमा सहयोग पुर्‍याउने चिनियाँ विशेषज्ञ तथा प्राविधिक टोलीलाई सम्मान गरिएको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले बाढीमा परी मृत्यु भएकाहरूको डीएनए परीक्षण तथा फरेन्सिक पहिचानका लागि नेपाल आएका १५ जना चिनियाँ विशेषज्ञलाई सम्मान गरेको हो।  सम्मान कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले चिनियाँ विशेषज्ञहरूलाई खादा ओढाएर सम्मानपत्र प्रदान गरे ।  कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङको समेत उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले मृतकको डीएनए परीक्षण तथा फरेन्सिक पहिचानका लागि चीनले गरेको सहयोगको प्रशंसा गरे । उनले  चिनियाँ सहयोगका कारण छोटो समयमा ठूलो संख्यामा डीएनए परीक्षण तथा फरेन्सिक पहिचान गर्न सफल भएको बताए ।

नेपालमा सरकारी स्तरमा केही फरेन्सिक प्रयोगशाला रहे पनि एकैपटक ठूलो संख्यामा परीक्षण गर्नुपर्ने अवस्थामा आवश्यक स्रोत, साधन तथा जनशक्तिको अभाव रहेको मन्त्री पुनले बताए । उनले भने, “हामी एक्लैले यो काम गर्न असमर्थ थियौँ। चीनले ठूलो सहयोग पुर्‍याएको छ। मलाई आशा छ, यस प्रकारका विपत्तिमा भविष्यमा पनि चीनले आफ्नो सहयोगलाई निरन्तरता दिनेछ।”

नेपाल र चीनबीच अत्यन्त घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै मन्त्री पुनले विपत्तिका समयमा दुवै देशले मिलेर सामना गर्नुपर्ने बताए । उनले आगामी दिनमा यस्ता प्रयोगशाला निर्माण तथा नेपालको फरेन्सिक क्षमता विकासका लागि चिनियाँ सहयोग आवश्यक रहेको पनि बताए ।

मन्त्री पुनले हाल बाढी तथा पहिरोका कारण तातोपानी र रसुवागढी नाकाका साथै केरला नाका समेत प्रभावित हुँदा चीनबाट सामग्री आयातमा समस्या भइरहेको उल्लेख गर्दै रसुवागढी नाकालाई दुवै देशले प्राथमिकता दिएर छिटो सञ्चालनमा ल्याउनुपर्ने  बताए ।  उनले रसुवागढी नाका पूर्ववत् सञ्चालनका लागि पनि चीनको सहयोगको अपेक्षा गरिएको बताए ।

825286613_122209530140793724_3321059745688308637_n

चिनियाँ विशेषज्ञसँगको सहकार्यबाट नेपाली विज्ञ तथा प्राविधिकहरूले महत्वपूर्ण ज्ञान र अनुभव हाँसिल गर्ने अवसर पाएको उनले बताए । 

कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत  चाङ माओमिङले विपत्तिको समयमा नेपाल र चीनले मिलेर सामना गर्नुपर्ने  बताए। उनले आगामी दिनमा पनि दुवै देशबीच निरन्तर सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त  गरे ।

सम्मानका लागि नेपाल सरकार र नास्टलाई धन्यवाद दिँदै राजदूत माओमिङले डीएनए तथा फरेन्सिक पहिचानका लागि चीनबाट ल्याइएका प्रविधि तथा प्रयोगशालासम्बन्धी उपकरण नेपाल सरकारलाई हस्तान्तरण गरिएको जानकारी दिए ।

उनले आगामी दिनमा उक्त प्रयोगशालालाई थप उन्नत बनाउन चीनले निरन्तर सहयोग गर्ने बताए । 

828679823_122209529864793724_3073832568390194418_n

नेपाल–चीनबीच रहेको घनिष्ठ सम्बन्धलाई थप मजबुत बनाउँदै चिनियाँ प्रविधि तथा उपकरणको प्रयोगमार्फत डीएनए र फरेन्सिक प्रयोगशालाको क्षमता विकास गर्न नेपाल सरकारलाई सहयोग जारी रहने उनले बताए । 

राजदूत माओमिङले विपत्तिको समयमा चीनले ६ वटा एयरक्राफ्टमार्फत राहत तथा उद्धारका लागि विभिन्न सामग्री नेपाल पठाएको जानकारी दिए । उनले  चिनियाँ राष्ट्रपति सी जिनपिङले समेत नेपालमा भएको विपत्तिबाट भएको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेको बताए । 

825286410_122209527770793724_8775068646731037355_n

कार्यक्रममा नास्टका उपकुलपति प्रा.डा. जनार्दन लामिछानेले चिनियाँ विशेषज्ञसँगको सहकार्यबाट नेपाली विशेषज्ञहरूले धेरै कुरा सिक्ने अवसर पाएको बताए । 

उनले   यसबाट भविष्यमा वैज्ञानिक खोज तथा अनुसन्धानका क्षेत्रमा समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त  गरे । आगामी दिनमा चीनका विशेषज्ञ र नेपालका वैज्ञानिकबीच विभिन्न कार्यक्रम तथा गतिविधि सञ्चालन गर्दै नेपालको वैज्ञानिक तथा प्राविधिक क्षमता विकास गर्नुपर्नेमा उनले जोड दिए ।

नास्टका प्रवक्ता तथा वरिष्ठ वैज्ञानिक अधिकृत रामचन्द्र पौडेलले चिनियाँ विशेषज्ञ र नेपाली वैज्ञानिकहरूले डीएनए परीक्षणका क्रममा अपनाएका विधि तथा प्रक्रियाबारे जानकारी गराए ।

पौडेलका अनुसार कुल १ हजार ४२६ वटा मृत शरीरबाट हड्डी तथा दाँतका नमुना संकलन गरिएको थियो। तीमध्ये डीएनए परीक्षणका लागि नास्टमा ९२६ वटा नमुना संकलन गरि आएको उनले जानकारी दिए ।

चिनियाँ विशेषज्ञ तथा नेपाली वैज्ञानिकबीचको सहकार्यबाट भएको उक्त डीएनए परीक्षण तथा फरेन्सिक पहिचानले विपत्तिमा ज्यान गुमाएकाहरूको पहिचान प्रक्रियालाई थप व्यवस्थित र वैज्ञानिक बनाउन सहयोग पुगेको नास्टले जनाएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर