नेभिगेसन मेनु

नेपाल–चीन सम्बन्धबारे काष्ठमण्डप संवादमा गहन छलफल
सम्पादक:南亚网络电视
समय:2026-09-12 14:38

 

 Image_20260912112904_184_15

काठमाडौं भदौ २७ गते । नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल गर्ने उद्देश्यसहित काष्ठमण्डप संवादको तेस्रो शृङ्खला आजदेखि काठमाडौंमा सुरु भएको छ। लाजिम्पाटस्थित रेडिसन होटलमा सुरु भएको दुईदिने संवादको मुख्य विषय ‘नेपाल–चीन सम्बन्ध : सहकार्यको फराकिलो क्षितिज’ रहेको छ।

Image_20260912114509_194_15

आजको पहिलो सत्रमा नेपाल–चीन सम्बन्धका लागि विकसित हुँदै गएको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिवेशबारे गहन छलफल भएको छ। सत्रमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपालका लागि चिनियाँ राजदूत डा. चाङ माओमिङ, डा. शंकरप्रसाद खतिवडा, निर्विक चित्रकार खनाल तथा बीके मान सिंह लगायतको सहभागिता रहेको थियो। 

Image_20260912110423_148_15

मन्तव्यका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले हिमालयलाई राजनीतिक सीमाले छुट्याए पनि यसको पारिस्थितिक प्रणाली अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै साझा हिमाली जोखिम सामना गर्न नेपाल–चीनबीच समन्वित सहकार्य आवश्यक रहेको बताउनुभयो।

Image_20260912110219_133_15

त्यस्तै, चिनियाँ राजदूत डा. चाङ माओमिङले नेपाल–चीन सम्बन्धलाई थप गहिरो बनाउँदै हिमाली क्षेत्रको विकास, विपद् व्यवस्थापन र साझा समृद्धिका लागि सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो।

Image_20260912112811_169_15

फाउन्डेसन फर पिस, डेभलपमेन्ट एन्ड सोसलिजमको आयोजनामा भइरहेको काष्ठमण्डप संवादको पहिलो शृङ्खला सन् २०२४ मा बेल्ट एन्ड रोड सहकार्यसम्बन्धी विषयमा र दोस्रो शृङ्खला सन् २०२५ मा एमसीसीसम्बन्धी विषयमा आयोजना गरिएको थियो। तेस्रो शृङ्खलाले भने नेपाल–चीन सम्बन्धलाई समग्र रूपमा मूल्याङ्कन गर्दै आगामी सहकार्यका सम्भावनामाथि केन्द्रित भएर छलफल भइरहेको छ। 

Image_20260912114521_199_15

दुई दिनसम्म चल्ने संवादमा पाँचवटा विषयगत सत्र राखिएका छन्। नेपालका राजनीतिक नेता, कूटनीतिज्ञ, प्राज्ञिक व्यक्तित्व, रणनीतिक विश्लेषक, नागरिक समाज, सञ्चारकर्मी तथा युवा नेतृत्वसहित करिब दुई सय विशिष्ट सहभागीको उपस्थिति रहने आयोजकले जनाएका छन्। 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर