
काठमाडौँ, भदौ १६ गते । रसुवा तथा आसपासका बाढीपहिरो प्रभावितका लागि राहत सामग्री बोकेको चिनियाँ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ।
विमानमा बाढीपहिरो प्रभावितका लागि आवश्यक राहत सामग्री तथा उद्धार कार्यमा प्रयोग हुने सामग्री ल्याइएको छ। नेपाल–चीनबीचको सहकार्यअन्तर्गत चीनले विपद्को यस कठिन समयमा नेपाललाई राहत तथा मानवीय सहयोग उपलब्ध गराउँदै आएको छ।
यसअघि भदाै १४ गते मात्र चीनबाट दुईवटा विमानमार्फत करिब ५० टन राहत सामग्री नेपाल ल्याइएको थियो। ती विमानमा पाल, कम्बल, सुत्ने झोला, खाद्य सामग्री तथा प्राथमिक उपचारका सामग्रीसहित ४ जनाको उद्धार टोली नेपाल अाएका थियो। त्यसै गरी भदाै १५ गते चीन सरकारले २० लाख अमेरिकी डलरको नगद सहयोग पनि गरेका थिए।
नेपालमा रसुवा तथा विभिन्न क्षेत्रमा बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि उद्धार तथा राहत अभियान जारी छ। प्रभावित क्षेत्रमा आवश्यक सामग्री पुर्याउने तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको छ।
अाज करीब बेलुकिको ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको उक्त विमानबाट राहत सामग्री हस्तान्तरणको प्रक्रिया अघि बढाइएको छ।


















