नेभिगेसन मेनु

नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना
सम्पादक:南亚网络电视
समय:2026-09-15 17:57

 

 WhatsApp-Image-2026-09-15-at-10.54.16-(1)

काठमाडौँ, भदौ ३० गते । नेपाल र माइक्रोनेसियाबीच सोमबार औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा र संयुक्त राष्ट्रसंघका लागि माइक्रोनेसियाका स्थायी प्रतिनिधि राजदूत जिम एस लिपवेले कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त वक्तव्यमा हस्ताक्षर गर्नुभएको हो।

सम्बन्ध स्थापना गर्ने क्रममा भएको द्विपक्षीय भेटवार्तामा दुवै राजदूतले आपसी हितका विषयमा छलफल गर्दै द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। साथै, संयुक्त राष्ट्रसंघलगायतका बहुपक्षीय मञ्चमा सहकार्य अभिवृद्धि गर्ने विषयमा समेत उहाँहरूले जोड दिनुभएको थियो।माइक्रोनेसियासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालले कूटनीतिक सम्बन्ध कायम गरेका मुलुकको संख्या १८५ पुगेको छ।

नेपालले माइक्रोनेसियासँगको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै संयुक्त राष्ट्रसंघ तथा अन्य बहुपक्षीय मञ्चमा साझा प्राथमिकता र हितका विषयमा सहकार्य अघि बढाउने अपेक्षा गरेको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर