नेभिगेसन मेनु

दिल्लीले अन्तिम खेलमा पञ्जाबलाई हरायो
सम्पादक:南亚网络电视
समय:2025-05-25 14:26


dilli vs punjab

एस् ए टी भी ११ ज्येष्ठ, काठमाडौँः दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल)को जारी सिजनमा आफ्नो अन्तिम खेल जितेको छ।

प्लेअफमा पुगिसकेको पञ्जाब किंग्सलाई गएराति दिल्लीले ६ विकेटले पराजित गरेको हो।

पञ्जाबले दिएको २०७ रनको लक्ष्य दिल्लीले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।

दिल्लीका लागि समीर रिज्वीले नट आउट ५८ र ट्रिस्टन स्टब्सले १८ रन बनाए। रिज्वीले २५ बलमा ३ चौका र ५ छक्का हाने।

त्यसअघि करूण नइरले २७ बलमा ५ चौका र २ छक्का हानेर ४४ रन बनाए। केएल राहुलले ३५ र कप्तान फाफ डु प्लेसिसले २३ रन जोडे।

बलिङतर्फ पञ्जाबका हरप्रित ब्रारले २ तथा मार्को जनसेन र प्रविण दुबेले १/१ विकेट लिए।

पहिले ब्याटिङ गरेको पञ्जाबले ८ विकेटको क्षतिमा २०६ रन बनाएको थियो।

पञ्जाबका लागि कप्तान श्रीयास ऐयरले ५३ रन बनाए। उनले ३४ बलमा ५ चौका र २ छक्का हाने।

मार्कस स्टोइनिस ४४ रन बनाएर नट आउट रहे। उनले १६ बलमा ३ चौका र ४ छक्का हाने। त्यसअघि जोश इंग्लिसले ३२ र प्रबशिमरन सिंहले २८ रन बनाएका थिए।

बलिङतर्फ दिल्लीका मुस्ताफिजुर रहमानले ३, विपराज निगम र कुलदीप यादवले २/२ तथा मुकेश कुमारले एक विकेट लिए।

दिल्ली यसअघि नै प्लेअफ होडबाट बाहिरिएको छ।

पञ्जाब भने अंक तालिकको दोस्रो स्थानमा छ। प्लेअफ पुगिसकेका चारै टिममध्ये कसले क्वालिफायर र एलिमिनेटर खेल्ने टुंगो लाग्नेछ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर