नेभिगेसन मेनु

एसिया छनोट जित्न थाइल्यान्डले नेपाललाई दियो १५९ रनको लक्ष्य
सम्पादक:南亚网络电视
समय:2025-05-20 13:05

   

499241333_1141818147974564_6403121835877994150_n-1747715719

 
 

एस् ए टी भी ०६ ज्येष्ठ, काठमाडौंः आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर-३ को अन्तिम खेलमा नेपाललाई घरेलु टोली थाइल्यान्डले १५९ रनको लक्ष्य दिएको छ।

नेपाल र थाइल्यान्डले सुपर-३ को शीर्ष दुईमा रहदै विश्व छनोटमा स्थान पक्का गरिसकेका सकेका छन्। त्यसैले आजको खेलको विजेताले एसिया छनोटको विजेताको टुंगो लाग्नेछ। 

मंगलबार विहान टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको थाइल्यान्डले २ विकेटको क्षतिमा १५८ रन बनायो।

थाइल्यान्डका लागि ओपनर नतायाले अर्धशतक प्रहार गरिन्। उनले ५० रन बनाउने क्रममा ४२ बल खेलेर ५ चौका प्रहार गर्न सफल भइन्। 

अर्की ओपनर अपिसाराले  २९ रन बनाउँदा ननापतले नटआउट ५० रनको जोडिन्। 

बलिङमा नेपालका मनिषा उपाध्याय र राजमति ऐरीले १-१ विकेट लिए।

 यसअघि सुपर-३ को पहिलो खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गर्दै विश्वकपको विश्व छनोटमा स्थान पक्का गरेको थियो। 

अब नेपालले यसै वर्ष विश्व छनोट खेल्दैछ। नेपालले पहिलो पटक विश्व छनोटमा स्थान पक्का गरेको हो। 

विश्व छनोटमा १० टोली भिड्नेछन्। १० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।‍

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर