नेभिगेसन मेनु

क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार रेणुका नगरकोटेलाई
सम्पादक:南亚网络电视
समय:2025-04-08 12:18

yuba puraskar

एस् ए टी भी २६ चैत्र, काठमाडौँः नेपाली महिला मिडफिल्डर रेणुका नगरकोटे क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

गुरुकुल एजुकेसनल फाउण्डेसन नेपालद्वारा आयोजित ‘एनसिएम डे’को अवसरमा युवा प्रोत्साहन पुरस्कार–२०८१ नगरकोटेलाई प्रदान गरिएको हो । उक्त पुरस्कार राशी ५० हजार हरेको छ ।

कार्यक्रममा अमनप्रताप अधिकारीले नगरकोटेलाई ‘अनसङ हिरो’को रुपमा सम्मान गर्नुहुँदै भन्नुभयो, ‘‘उनले खेलकुद मैदानमा देखाएको प्रदर्शन होस् वा जीवनको कठिन संघर्ष, दुबै कुराले आगामी पुस्थालाई ठुलो प्रेरणा दिएको छ ।’’

यसैगरी, नेपाल कलेज अफ म्यानेजमेन्टका कलेज प्रिन्सिपल प्रा.डा. सुशीलभक्त माथेमाले नगरकोटेलाई बधाइ दिनुभएको छ ।

रेणुका नगरकोटेले नेपाली महिला फुटबलको मिडफिल्डबाट खेल्दै आएका अनेकौँ प्रतिस्पर्धामा उल्लेखनीय योगदान दिनुभएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर