नेभिगेसन मेनु

घरेलु टिम युगान्डासँग पराजित हुँदा नेपालको चौथो हार, फाइनल होडबाट बाहिर
सम्पादक:南亚网络电视
समय:2025-03-14 11:55

uganfda

एस् ए टी भी १ चैत, काठमाडौँः वुमन्स डे क्रिकेटमा नेपालले चौथो हार ब्यहोरेसँगै फाइनल होडबाट बाहिरिएको छ।

बिहीबार घरेलु टिम युगान्डासँग ४० रनले पराजित भएपछि नेपाल फाइनल होडबाट बाहिरियो।

युगान्डाले दिएको ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमै अलआउट भयो।

नेपालका लागि कविता जोशीले १२ रन र कप्तान इन्दू बर्माले ११ रन बनाए भने पाँच ब्याटर शून्यमै पेभिलियन फर्किएका थिए। 

बलिङमा युगान्डाकी नाकियुसीले ३ विकेट लिइन्।

त्यसअघि टस जितेर  पहिले ब्याटिङ  गरेको युगान्डाले ५ विकेटको क्षतिमा ९१ रन बनायो। युगान्डाका लागि रिता मुसामालीले ३८ रन बनाइन्। 

बलिङमा नेपालकी रिया शर्माले २ विकेट लिइन्। 

यसअघि नेपालले नामिबियासँगको दुई खेल गुमाउँदा हङकङसँगको पहिलो खेलमा पराजय भोगेको थियो। युगान्डासँग बिहीबार दोस्रो खेलमा पराजय भोगेको नेपालले पहिलो खेलमा भने जित निकाल्यो। 

अब नेपालले लिगको अन्तिम खेलमा भोलि हङकङसँग खेल्नेछ। यो खेलमा जित निकाले पनि नेपाल फाइनल पुग्नेछैन। अब नेपालले तेस्रो स्थानको खेलका लागि भने प्रतिस्पर्धा गर्नु पर्नेछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर