नेभिगेसन मेनु

च्याम्पियन्स लिग : अन्तिम आठमा कुन कुन टोली भिड्छन्?
सम्पादक:南亚网络电视
समय:2025-03-14 11:53

champions leage

एस् ए टी भी १ चैत, काठमाडौँः युरोपको क्लबस्तरको सबैभन्दा ठूलो प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा भिड्ने आठ वटै टोलीको टुंगो लागेको छ।

बुधबार अन्तिम १६ को दोस्रो लेगका खेल सकिएसँगै क्वार्टरफाइनल समिकरण समेत पूरा भएको हो। 

बुधबार जर्मनीको डर्टमन्डले फ्रान्सको लिगलाई समग्रमा ३-२, इंग्ल्यान्डको एस्टन भिल्लाले बेल्जियमको क्लब ब्रुजलाई समग्रमा ६-१, इंग्ल्यान्डकै आर्सनलले नेदरल्यान्डको पिएसभीलाई समग्रमा ९-२ र स्पेनिस क्लब रियल म्याड्रिडले सहरी प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर अन्तिम आठमा स्थान बनाए। 

अब अन्तिम आठमा बायर्न म्युनिख र इन्टर मिलान, आर्सनल र रियल म्याड्रिड, बार्सिलोना र डर्टमन्ड तथा पिएसजी र एस्टन भिल्लाबीच प्रतिस्पर्धा हुनेछ।

अन्तिम आठको पहिले लेग अप्रिल ९-१० तथा दोस्रो लेग अप्रिल १६-१७ मा हुनेछ। 

त्यसपछि सेमिफाइनलको पहिलो लेग अप्रिल २९ र दोस्रो लेग मे ६ मा हुनेछ। फाइनल जुन १ मा हुने तय छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर