नेभिगेसन मेनु

विराट गोल्डकपः नेपाल पुलिस सेमिफाइनलमा
सम्पादक:南亚网络电视
समय:2025-03-07 12:45

football

एस ए टिभी , २३ फाल्गुन, काठमाडौं : दुई विभागीय टोलीबीच बिहीबार राति विराटनगरमा भएको खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको (एपिएफ क्लब)लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ।  

विराटनगरमा जारी ९ औं विराट गोल्डकपको अन्तिम चारमा नेपाल पुलिस क्लबले एपिएफलाई २–० गोलअन्तरमा हराउँदै स्थान सुरक्षित पारेको हो। खेलको सुरुवातबाटै पुलिसले एपिएफलाई दबाबमा राख्दै खेलेको थियो। पुलिसले गोलका धेरै अवसर पाए पनि सदुपयोग गर्न नसक्दा खेलको अन्तिम समयसम्म संघर्ष गर्नु पर्यो। मध्यान्तरपछि एपिएफ केही आक्रमक खेले पनि नतिजा निकाल्न सकेन। दुवै टोली गोल्डकपमो पूर्व विजेता हुन्।

पुलिसको जितमा अरुण गाहा र मनिष सेढाइँले समान १–१ गोल गरे। बाँया बार च्यापेर पुलिसका उज्ज्वल राईले ६६ औं मिनेटमा निकालिदिएको क्रस पासलाई अरुणले हेडिङ गर्दै गोल गरे। ८७ औं मिनेटमा पुलिसका मनिष सेढाइँले गोल गर्दै गोल संख्या दोब्बर पार्दै जित सुनिश्चित पारे।  

खेलको प्लेर अफ द म्याच पुलिसका मनिष सेढाइँले ११ हजार रुपैयाँ प्राप्त गरे। विराट गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार (आज) थ्रीस्टार र मछिन्द्र फुटबल क्लबबीच खेल हुनेछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर