नेभिगेसन मेनु

च्याम्पियन्स ट्रफी : पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया भिड्दै
सम्पादक:南亚网络电视
समय:2025-03-04 11:48

india vs aus

एस् ए टी भी २० फाल्गुन, काठमाडौँ: जारी आइसीसी च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदै छ। पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दै छन्। दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजेदेखि सुरु हुँदैछ।

भारत समूह ए को विजेताको रूपमा सेमिफाइनल खेल्दै छ भने अस्ट्रेलिया समूह बि को उपविजेताको रूपमा। प्रतियोगितामा दुवै समूह अपराजित रहँदै यहाँसम्म आइपुगेका हुन्।

त्यस्तै दोस्रो सेमिफाइनल खेल न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच बुधबार पाकिस्तानको लाहोरमा हुँदैछ। आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आगामी आइतबार हुने छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर