नेभिगेसन मेनु

आर्मी फाइनलमा
सम्पादक:南亚网络电视
समय:2025-03-06 12:31

army-vs-ayojak-0632025045857

एस ए टिभी , २२ फाल्गुन, काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप फुटबलको फाइनल पुगेको छ । बुधबार सेमिफाइनलमा आर्मीले आयोजक ओएसिस क्लबलाई २–० ले हरायो ।

आर्मीको जितमा दुवै गोल बिमला चौधरीले गोल गरिन् । खेलको ४० औं मिनेटमा गोल गर्दै खाता खोलेकी विमलाले ८२ औं मिनेटमा सपना लामाको पासलाई दोस्रो गोल गरेकी हुन् । सुरुआती चरणबाटै आर्मीको दबाबमा रहेको आयोजकका खेलाडीले पटक–पटक प्राप्त अवसर गोलमा परिणत गर्न नसक्दा गोलविहीन भयो ।

दुई गोल गरेकी विमला प्लेयर अफ द म्याच भइन् । उनले ५ हजार पाइन् भइन् ।

बिहीबार अर्को सेमिफाइनल नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने आयोजक ओएसिस क्लब इलामले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर