नेभिगेसन मेनु

लु शुनको कथा : पारपाचुके
सम्पादक:南亚网络电视
समय:2024-07-31 16:53

2022092309563441024

(चीनको चच्याङ प्रान्तको साओसिङको एउटा सम्पन्न परिवारमा जन्मेका चाउ सुजेन जापानमा डाक्टरी पढदापढदै कलेजमा प्रदर्शित एउटा जापानी चलचित्र ,जसमा एक जना चिनियाँ नागरिकलाई जापानी सैनिकहरूले मार्दै गरेको दृश्य हेरेर चिनियाँ विद्यार्थी दर्शकहरू पेट मिचिमिचि हाँसेको देखेपछि यिनको मन कटक्क काटियो र यिनी चिनियाँहरूको शारीरिक स्वास्थभन्दा मानसिक स्वास्थको उपचार आवश्यक छ भन्ने ठहरका साथ चिकित्सा विज्ञानको पढाइ छाडी जनचेतना फैलाउने साहित्यको बाटो रोजेर लु स्युन (१८८१–१९३६) का नाममा विश्वमा प्रसिद्धी पाए । चीनको आधुनिक साहित्यका जनक र चिनियाँ सांस्कृतिक क्रान्तिका अगुवाका रुपमा चिनिने गरेका यिनी आख्यानकार र निबन्धकारका रुपमा साहित्यमा चिनिन्छन । आह क्युको साँचो कथा, एक बौलाहाको डाइरी विश्व प्रसिद्ध आख्यान कृतिहरू हुन । यिनका कतिपय कृतिहरू नेपाली भाषा लगायत विश्वका विभिन्न भाषामा अनुवाद भएका छन ।)       

“एहे ,मू काका पो ! नयाँ वर्षको शुभकामना है ,काका । यो वर्ष शुभ रहोस ।” “बा सान ,सञ्चै ? नयाँ वर्षको शुभकामना ।” “एहे, आइ गू पनि पो रैछ त । शुभकामना आइ गू ।” “बेसै भो भेट भएर ,बाजे मू । ” मग्नोेलिया पुलको घाटमा डुङ्गा चढेका बाबुछोरी चुवाङ मू सान र आई गूलाई देखेपछि डुङ्गामा शुभकामनाका स्वरहरू गुञ्जिन थाले । केही यात्रुहरूले तिनको हात समाउँदै शिर नमन गरेर स्वस्ती गरे । तिनको सम्मान गर्दै बस्नका लागि ठाउँ पनि छाडिदिए । शुभकामना दिँदै हुक्का डुङ््गाको भित्तातिर अड्याउँदै चुवाङ मू सानले आफ्नो आसन ग्रहण ग¥यो । आई गू मूसानको देब्रेतिर र बा सानको सामुन्ने भी आकारमा गोडा जोडदै टुक्रुक्क बसी । “शहरतिर जानलाग्नु भयो ,बाजे ?” गँगटोको खपटोझैँ रातो अनुहार भएको एक जनाले मूसँग सोध्यो । “हैन ।” चुवाङ मूले थकित र सेलाएको स्वरमा भन्यो , “हामी पाङ्गतिर यसो फेरो मारेर आउँ कि भनेर जानलाग्या ।” तर अनुहारमा परेको बाक्लो मुजाले उसको अनुहारको निरासा बाहिर त्यतिविधि छचल्किन पाएन । डुङ््गामा रहेका सबैजसो मानिसहरू आपसी कुरा गर्न छाडेर उनीहरूतिर एकोहोरिए । “के फेरि आई गूकै कुरो हो कि ? ” बा सानले सोध्यो । “त्यै हो…..। निकै पिरोल्यो यो समस्याले । यसले त मलाई नै खान्छ कि जस्तो भो । अब हेर न तीन वर्षदेखि यसले पिरोल्यापिरोल्यै छ तर सल्टेको होइन … ।” “ फेरि वेईकहाँ नै जाने हो कि ?” “अँ,हो हुन त । उ सुलहकर्ता बन्न खोजेको यसपालि मात्र होइन तर मैले उसको कुरो कहिले पनि खाइँन । केही छैन..। यो नयाँ वर्षमा तिनीहरूको परिवार फेरि एक ठाउँमा जम्मा हुँदैछन । त्यहाँ सहरबाट सातौँ मुखिया पनि आउँछ रे ।” “सातौँ मुखिया ?” बा सानको आँखा च्यातियो , “ ए ऽ ऽ त्यसो पो ! ऊ पनि घरसल्लाहमा सामेल हुने होला । उँ ऽ ऽ.. ! ठिकै छ । हुन त पोहोर साल तिनीहरूको घरायसी मामिलामा हामीले राम्रैसँग हस्तक्षेप ग¥याँै र तिनको हुर्मत लियौँ । र यस्तो अवस्थामा आई गू घर फर्कने कुरै आउँदैन ।” बा सानले फेरि पनि नजर झुकाउँदै भन्यो । “घर फर्कनका लागि म त्यहाँ गइरहेकी हुइँन, बा सान दाइ ।” चित्त दुखाउँदै आई गूले आक्रोश व्यक्त गर्दै भनी,“ म यो सबै तिनीहरूसँग इबि साध्न गरिरहेकी छु । यसो सोच्नुस त ! विधुई लिएर हिँडने पठ््ठो पशुले ‘म त्यसलाई मन पराउन्न ’ भनी भन्ने अनि बुढो बाऊ त्यसमा ओथारा बस्ने ? के यो त्यति सजिलो छ ?त्यसै छाडन पाइन्छ ?सातौँ मुखिया को हो ? के म्याजिस्टे«टसम्म उसको पहँुच पुग्छ भनेर हामीमाथि बेनिसाफ गर्न पाउँछ ?वेईझैँ स्वाँठ कुरो गर्न सुहाउँछ उसले ? घरिघरि कुरो फेरिरहने र छुट्टिऊ भनी उक्साई रहने बेकूफ वेईका कुरामा लाग्न सुहाउँदैन नि मुखिया साहेबले । तिनी उसको कुरामा लाग्लानजस्तो लाग्दैन मलाई । बितेका यी वर्षहरूमा मैले के कति यातना सहेँ –त्यो सब म खुलस्त र नडराइकन मुखियासाहेबसँग भन्ने छु अनि हेरौँला को सही हुन्छ र को गलत !” आई गूको आक्रोस देखेर बा सान चुपै लागिरहयो । आई गूको मनोभावनालाई ऊ बुझिरहेको थियो । बेलाबेलामा बहना ख्याउँदा पानीको चप्ल्याङचुप्लुङ आवाज बाहेक डुङ््गामा चकमन्न शान्ति थियो । चुवाङ मू सानले हात लम्काएर हुक्का तान्यो र चिलिम भ¥यो । बा सानको छेउमा बसेको स्थुलकाय व्यक्ति आफ्नो ठाउँबाट उठ्यो । उसले आफ्नो पटुकाबाट चकमक ढुङ्गो झिक्यो ,आगो पा¥यो अनि चुआङ बाजेको चिलिम सल्काई दियो । स्विकारमा आफ््नो शिर नुहाउँदै मूले उसलाई धन्यवाद पनि भन्यो । दुबै जना एक छिन तमाखुको आनन्दमा भुलिए । तमाखु तान्दै मूप्रति सम्मान व्यक्त गर्दै उसले भन्यो ,“यो हाम्रो पहिलो भेट हो तर मैले तपाईँको बारेमा धेरै पहिलेदेखि मनग्ये सुनिराछु । यी अठारवटा गाउँहरूमा चुआङकाकाका बारेमा कसलाई थाहाछैन र । शिहले एउटी सुन्दरी विधवालाई रखौटी बनाएको थियो । पोहर साल तपाईँले आफ्ना छवै भाइ छोराहरूलाई त्यसको भान्सामा हुलिदिएपछि सबैले तपाईँलाई सह्राएका थिए ….तपाईँहरूलाई त्यो सब गर्न सक्ने अधिकार थियो ….कति अधिकारसम्पन्न हुनुहुन्थ्यो । तपाईँका लागि सब ढोका खुला छन् । तपाईँका सहयोगी हातहरू पनि मनग्ये छन् । तिनरूसँग डराउनुपर्ने कुनै कारणै छैन ।” “ यी काकाभने एकदम स्पष्टवादी रहेछन् ।” आई गूले भनी,“ हुन त म चिन्दिन तर पनि ..” “म वाङ दे गूई हुँ ।” त्यो मानिसले हत्तपत्त आफ्नो परिचय दिँदै भन्यो । “मलाई त्यहाँबाट कसैले पनि निकाल्न सक्दैन, न मुखिया न अरू कसैले । मलाई यस कुराको पटक्कै चिन्ता छैन । म त तिनीहरूलाई तहसनहस पार्न र दुःख दिनका लागि त्यहाँ जान्छु । वेईले मसँग चारचार पटक खेलाँची गरेको छ । बुबाले पनि त तिनीहरूद्वारा दिइएको खान्की लिन मनाही गरिदिनु भएको छ । ”आई गूले भनी । चुआङ मू सान यतिखेर सब थोक बिर्सेर मनमनै एउटा प्रण गरिरहेको थियो ,निसाफ लिई छाडने प्रण । “तर बाजे,पोहोर साल शिह परिवारले वर्षको आखिरीतिर वेई महाशयकाँ भोजका लागि कोसेलीपात पठाएका हैनन् र ?” गँगटोमुखे मानिसले सोध्यो । “त्यसले केही फरक पर्दैन ।” वाङ दे गूईले भन्यो, “ के कोसेलीपातले मान्छेलाई पूर्णतः अन्धो बनाउँछ र ? त्यसो हो भने त तपाईँले उसलाई विदेशी उपहारको पोको पठाइदिनुभयो भने के होला ? सत्यका ज्ञाता र विवेकशील मानिसहरू जहिले पनि सत्य र न्यायको पक्षमा रहन्छन् । तर सबैको हसुर्नेेमात्र बानी परेकाहरू चाहिँ एकहोरो रुपले नूनको सोझो गरिरहन्छन् । गए सालको अन्त्यतिर हाम्रा गाउँले श्री रोङ बेइजिङबाट गाउँमा फर्केका थिए । ती हामी गाउँलेजस्ता केही नदेखेनसुनेका होइनन् ,तिनले त जगतै जान्या छन् । तिनी भन्थे त्यहाँ श्रीमती गुवाङ अत्यन्त कुशल महिला… ” “वाङ जेट्टी !” डुङ्गालाई घाटतिर सोझ्याउँदै बोटेले कराउँदै सोध्यो, “वाङ जेट्टी ओर्लने कोही छ ? ” “अँ अँ ,म छु ।” भन्दै हत्तपत्त हुक्का टिप्दै मोटे कक्षबाट बाहिरियो र डुङ््गाबाट फुद्रुक्क हाम्फाल्दै डिलमा उक्ल्यो र यात्रुहरूसँग कृपया बाटो पाऊँ भन्दै बाहिरतिर निस्क्यो । डुङ्गा फेरि शान्त भएर पानीमा चप्ल्याङचुप्लुङ गर्दै हेलिँदै बग्न थाल्यो । बा सान उँघिरहेको थियो । उसको मुख खुलै थियो र आई गूको खुर्पे जुत्तातिर ढल्केको थियो । सामुन्नेको कक्षमा दुईटी बुढी महिलाहरू मालाका गेडी गन्दै सुमधुर स्वरमा बुद्ध भजन गाउँदै थिए । उनीहरूले आई गूतिर हेरे र आँखाआँखै र ओठओठैमा शुभेच्छा साटासाट गरे । आई गू पनि चँदुवामा हेर्दै सोचको समुद्रमा तरेली खेल्न थाली ,सम्भवत त्यो बुढो पशुको परिवार र त्यो पठ्ठो पशुलाई कहिल्यै बिर्सन नसक्नेगरी कसरी सास्ती दिने,त्यसको परिवारलाई कसरी बर्बाद पार्न सकिन्छ भन्ने जस्ता कुरामा मगज खर्च गरिरहेकी थिई । वेईसँग उ खासै डराएकी थिइन । उसले त्यसलाई दुई चोटी देखेकी थिई । उ डल्लो टाउको भएको मोटो भ्यात्लो जवान थियो । गाउँमा उजस्ता अरु पनि निकै मानिस थिए तर अलि काला । चुवाङ मू सानको चिलिममा तमाखु सकिनै लागेको थियो तर पनि उ हुक्का गुडगुडाइरहेकै थियो । वाङ जेट्टीपछि पाङ गाउँ आउँछ भन्ने उसलाई थाहा थियो । गाउँको प्रवेश द्वारमै तारा साहित्य घर थियो । हुन त उ पहिलेपहिले पनि त्यहाँ नगएको होइन तर अहिले त्यो कुराभन्दा पनि वेईलाई सम्झेर उ अशान्त भएको थियो । उसकी छोरी कस्तो नराम्ररी रुँदै कहालिँदै घर आएको थिई …। सातो हराएजस्ती भएकी , ज्वाईँ र सम्धीले कस्तो निकृष्ट व्यवहार गरेथे छोरीसँग र उसलाई तुच्छ मान्छे बनाइदिएका थिए तिनीहरूले । अतितका ती घटनाहरू उसका आँखामा खुला पुस्तकका पानाहरूझैँ फरफराउन थाले । ’ तिनीहरूलाई तिनको दुष्ट््याइँको सजाय नदिलाई त काँ छोड्छु र ! ’ मनमा उठेको यो अठोटका साथै उसको ओठहरूमा हलुका हाँसो भरियो । सातौं मुखियाको मोटो थुलथुले जिउ उसको मानसपटमा झुल्क्यो र उसको सोचको शृङ््खला छिन्नभिन्न भइदियो । डुङ््गामा पहिलेको झैं मौनता व्याप्त थियो । बुद्धमार्गी महिलाका भजनको स्वर भने अलि बढेको थियो । प्रायशः यात्रुहरू आई गूका बाउछोरीझैं सोचमा डुबेझैं देखिन्थे । “मू काका, तपाईंको ठाउँ आइपुग्यो । यै हो पाङ गाऊँ ।” बोटेको आवाजले ब्यँुझदै उनीहरूको आँखा तारा साहित्य घर तिर केन्द्रित भयो । चुवाङ फुत्रुक्क डिलमा उक्ल्यो । पछिपछि आई पनि उक्ली । तारा साहित्य घर उछिनेर उनीहरू वेईको घरतिर हानिए । दक्षिणतिरको तीस वटा घर नाघेर एउटा घुम्ती कटेपछि उनीहरूको गन्तव्य आउँथ्यो । वेईको घर अगाडिको घाटमा काला चँदुवायुक्त चारवटा डुङ्गाहरू लस्करै अडिएका थिए । कालो रङ्गले रङ्गाइएको ठूलाठूला ढोकाहरूका अघिल्तिर राखिएका दुई वटा बेन्चीहरूमा मान्छेहरू बसिरहेका थिए । संभवत तिनै डुङ््गाहरूमा आएकाहरूका तथा घरमालिकका नोकरचाकरहरू होलान । भित्र पसेपछि तीमध्येकै एउटाले उनीहरूलाई बस्नका लागि भन्यो । आई गूले तिनीहरूलाई सीधा त हेरिन तर चोर आँखाले त्यस जमघटमा चहारी । त्यहाँ पठ्ठो र बुढो पशुसँग सम्बन्धित कसैको उपस्थिति भएजस्तो लागेन उसलाई । एउटा नोकरले उनीहरूका लागि सूप र नयाँ वर्षको मिठो केक ल्याएको देखेपछि किनकिन आई गूलाई असजिलो लागिरह्यो ।‘म्याजिस्टेटसँग उठबस छ भन्दैमा उसले हाम्रो मर्का बुझ्दैन भन्ने त होइन होला नि ?’ कुँडिएको उसको चित्तले भन्यो , ‘ सत्य बुझेका विद्वानहरू सदैव न्यायकै पक्षमा हुने गर्दछन्् । मैले मुखिया साहेवका अगाडि पन्ध्र वर्षको उमेरमा बिहे भएदेखिका सम्पूर्ण कुराहरूको यथातथ्य बेलिबिस्तार गर्नै पर्दछ ता कि यथार्थ के हो भनी सबैले थाहा पाउन सकून । ’ सूप पिई सक्दानसक्दै अब बेला भएजस्तो छ भनी उसलाई लागिरह्यो । अघिनै देखि उनीहरूलाई पर्खिबसेको सुसारेले अब जाऊँ भन्ने संकेत गर्दै अग्रेसर भएर उनीहरूलाई एउटा ठूलो पाहुना कक्षभित्र पु¥याएर एउटा कुनामा बसायो । कोठामा यति धेरै सामानहरू भरिभराऊ थिए कि आई गूले ती मालमत्तामध्ये कतिपयको त नाम पनि जानेकी थिइन । पाहुनाहरू पनि कत्तिका ! जतातेतै राता ज्याकेट र निला साटिन मात्रै देखिने । अनि ती सबका माझमा थिए एक जना । सातौं मुखिया तिनै हुनुपर्छ भन्ठानी आई गूले । ती बाटुलो टाउको र गोलो अनुहारका भए पनि वेई र अरुभन्दा बेग्लै राम्रा देखिन्थे । चिम्सा आँखा र नाकमुनि काला जुँगारेखी बसेको तिनको तालुमा कपाल नभए पनि अनुहार तामाझै रातो र चम्किलो थियो । एकछिन त आई गू चकित भएर हे¥याहे¥यै भई । पक्कै पनि सँुगुरको बोसो दलेर चम्किलो पारेको हुनुपर्दछ भन्ठानी उसले । ”यो एउटा गुद्व पारस हो । पहिलेका मानिस यो किमती पारसलाई लाश नकुहियोस भनी चिहानमाथि राख्ने गर्दथे ।”भन्दै सातौं मुखियाले हातमा रहेको त्यो पारसले दुई पटक आफ््नो नाकमा घोट्यो र फेरि भन्नथाल्यो,“ यो त हालसालैको एउटा उत्खननबाट निस्केको हो । तर यो अझ पनि राम्रै छ । यो हान वंशभन्दा पछिको भने होइन । हेर न ,यसमा पारोको धब्बा त अझ पनि टल्किरहेकै छ ।” पारोको धब्बा हेर्न वेई लगायत कोठाका धेरै टाउकाहरू तुरुन्तै झुम्मिए । तीमध्ये कतिपय त घरकै छोराहरू पनि थिए जसलाई आई गूले अझ पनि चिनिसकेकी थिइन । च्याप्टो उडुसजस्तो अनुहार भएकोले होला मुखियासाहेबको नजर पनि तिनमै टिकेको थियो । मुखियासाहेबले भर्खरै भनेको कतिपय कुरो त उसको मथिङ्गलमा छिरेन पनि र पारोको धब्बामा उसको खासै रुचि पनि थिएन ,न त त्यसबारे केही जानौं भन्ने चासो नै । त्यसैले उसले यो अवसरलाई कोठाको निरीक्षण गर्ने काममा सदुपयोग गरी । उसको पछिल्तिरको भित्ताको आडमा ढोकैनिर उसका ससुरा र लोग्ने थिए । चोर आँखाले उसले तिनलाई हेरी । ती छ महिना पहिले उसले संयोगवश देखेभन्दा अझ बुढा भएका देखिन्थे । एक छिन पछि सबैको ध्यान गुद्व पारसबाट हट्यो किनकि त्यो पारस हातमा लिएर वेई एक ठाऊँमा बस्यो र चुआङ मू सानतिर अभिमूख हँुदै सोध्यो ,“तपाईँहरू दुई जना मात्रै ?” “अँ, हामी दुई जना मात्र ।” “किन कुनै छोराहरू पनि नआएका त ? ” “तिनले पूmर्सद पाएनन् ।” “हामी बीच यो समस्या नभएको भए नयाँ वर्षकोे खुशियालीको यस्तो अवसरमा तपाईँलाई कष्ट दिनु पर्ने थिएन.. । यो कुरो मैलेभन्दा अझ राम्ररी तपाईँले नै बुझ्नु भएको छ । अब त दुई वर्ष भन्दा पनि बढी भयो कि क्या हो, हैन त ?” सम्झाउन खोजेझैँ गरी वेई भन्न थाल्यो , “मेरो विचारमा शत्रुता पाल्नुभन्दा हटाउनु नै वेश होला । दुलहासँग आई गूको ¥याङठ्याङ पनि नमिल्ने र उसका आमाबाबुले पनि उसलाई मन नपराउने हुनाले …राम्रो के होला भने मैले पहिलापहिला भनेझैं सल्लाह दिन्छु –तपाईँहरू अब यो सम्बन्ध टुटाउनुस । हुन त यस मामिलामा म तपाईँलाई राम्ररी चित्त बुझाउन नसकुँला तर यहाँ त न्यायाधिकारी मुखिया साहेबको विचार पनि मैले सुझाए जस्तो नै छ । हुन त मुखिया साहेबको भनाई के पनि छ भने यस मामिलामा दुबै पक्षले थोरबहुत नोक्सान बेहोर्नु पर्दछ । उहाँले शिहका परिवारजनहरूलाई गुज्रान वापत दश युआन (चिनियाँ मुद्राको एकाइ ) अझ थपेर पूरा नब्बे युआन देओ भनी भन्नुभएको छ ।” चुआङ मू सान चुप लागेर वेईको कुरो सुनिरहेको थियो । “नब्बे युआन ! ” वेईले यी दुई शब्द यसरी उच्चारण ग¥यो मानौँ उसले चुआङ मू सानका अघिल्तिर कुबेरको ढुकुटी खोलिदिएको छ । आफ्नो सुझावको अब्बलताका पक्षमा जोड दिँदै उसले अझ थप्यो ,“यदि तपाई यो मामिला बोकेर राजाकहाँ जानुभयो भने पनि यो भन्दा उत्तम निसाफ पाउनु हुन्न । यस्तो त अरूले हैन ,मुखियासाहेवले मात्र गर्न सक्नु हुन्छ ।” सातौं मुखिया दङ्ग परेर आफ्नो चिम्सो आँखा च्यातेर ‘बुझिस् त’ भनेझैं गरी टाउको हल्लाउँदै चुआङ मू सानलाई हेरिरहेको थियो । परिस्थिति जटिल बन्दै गएको आई गूले देखी । सबैको दृष्टि बुबामाथि अडिएको थियो र बुबा उदेकलाग्दो गरी मौन थिए ,केही बोल्न सकिरहेका थिएनन्् । यो अलि नचाहिँदो कुरो भइरहेको जस्तो लाग्यो उसलाई । हुन त मुखिया साहेबको सबै कुरो मान्ने पक्षमा ऊ थिइन तर पनि मुखियासाहेबलाई उसले कल्पना गरेझैं डरलाग्दो होइन बरु एक सहृदयी बुज्रुकका रूपमा हेर्न थालेकी थिई । ‘मुखियासाहेब घटनाका यथार्थ कुराहरूलाई राम्रोसँग ग्रहणगर्न सक्ने सामथ्र्य भएका मानिस हुन । ती हामी गाउँलेजस्ता होइनन्् । अहिलेसम्म मसँग जेजति बेकाइदा र अनर्थ गरिएको छ ती कुरा मैले कतै भन्न पाएकी थिइनँ । अब ती सब कुरा मुखिया साहेबसँग भन्ने छु ’ भन्ने दृढ निश्चयका साथ आई गू भन्न लागी, “मैले सदैव इमान र निष्ठापूर्वक शिहको घरको एउटी कूशल गृहिणी बन्ने भरिसक्ये प्रयास गरिरहेँ । असल पत्नीको कर्तव्य निर्वाह गर्न चुकेको अझसम्म कुनै त्यस्तो घटना वा क्षण मेरो स्मृतिमा छैन तर उनीहरूले मलाई सदैव दुःख दिने र सताउने काम मात्र गरिरहे । घरका प्रत्येक सदस्यले मउपर कहर मात्र थोपरिरहे । त्यै वर्ष न्याउरीले एउटा कुखुरा मारेछ । त्यसको दोष पनि उनीहरूले मैले खोर बन्द गरिन भन्ने आरोप लाउँदै मेरै थाप्लोमा थोपरिदिए । त्यो त त्यही लुते कुकुरको काम थियो जसले ढोका घचेटेर दाना चोरेर खायो होला । थुक्क ! त्यति जाबो कुरो पनि थाहा पाउन नसक्ने स्वाँठ ! अझ मेरो गाला पो चडकायो त्यसले ।” मुखियासाहेबले आई गूतिर हेरे । ऊ भन्दै गई , “मलाई लाग्दछ –यो सबको पछाडि कुनै कारण हुनुपर्दछ । कतिपय कुराहरू , जुन अरूहरूले फजुल ठानिरहेका छन् ,तिनमा यहाँले अवश्य ध्यान दिनु हुनेछ । सत्य र यथार्थ जान्न चाहनेहरू त घटनासँग सम्बद्ध हरेक कुराहरूसँग परिचित हुनुपर्छ । एउटी नकच्चरीसँग उसको हिमचिम बढ््दै गएको थियो । त्यो नकच्चरी मलाई आफ्नो मार्गको काँडा देख्न थालेकी थिई र मलाई त्यो घरबाट खेदन चाहन्थी । उसँग त सामाजिक ,धार्मिक रीतिरिवाज अनुसार मेरो विवाह भएको थियो । समाजलाई साक्षी राखेर उसले मलाई वरण गरेको थियो । म त ब्याहिते हुँ । डोलीमा बसाएर घरमा भित्र्याएको थियो अनि त्यो नकच्चरीको इच्छा पूरा हुन सक्थ्यो र ? तर हेर्नुस्त ती शरमहाराहरूलाई …। यदि निसाफ दिन सक्नुहुन्न भने हामी माथि जान वाध्य हुन्छौ नै ।” “मुखियासाहेबलाई सबै कुरो थाहा छ ।” मास्तिर हेर्दै वेईले भन्यो , “आई गू यदि तिमीले आफ्नो हठ छोेडिनौ भने अन्त्ततोगत्वा तिमीलाई कुनै लाभ हुने छैन । हेर, तिम्रो बुबा कति गम्भीर छन् । मलाई त तिमी र तिम्रा दाजुभाईउपर टीठ लागिरहेछ । विचार गर न , यदि तिमीहरू माथिल्लो निकायमा निसाफ माग्न गयौ भने के मुखिया साहेबलाई यो प्रकृयाबाट अलग्याउन सक्छौ त ? सक्दैनौ नि । तर फेरि समस्या दुनियाँका सामु पुग्छ अनि त भन्न सकिन्न – तिमीहरू लाभ पाउँछौ वा हानि बेहोर्नु पर्ला …यस्तै त हुँदै आएको छ नि..।” “त्यस्तै प¥यो भने म पनि छोडदिन , जे सुकै बेहोर्नु परोस्न यसै पीडित उसै पीडित । ” आई गूले भनी । “त्यस्तो निराश हुनुपर्दैन ,नानी ।” मुखिया साहेबले मसिनो तर गम्भीर स्वरमा भने ,“तिमी अहिले तरूनी छ्यौ । तिम्रो उमेरै कति पो भा छ र ? बाँच्नका लागि सिङ््गो जिन्दगी बाँकी छ । त्यसैले हतारमा होइन ,आवेशमा होइन ,शान्तिपूर्ण तरिकाले समस्याको समाधान खोज्नुपर्छ ताकि बाँकी जिन्दगी सुखचैनले बाँच्न सकियोस । शान्तिले नै वैभव मिल्ने हो नि, हो कि होइन ,भन त ?” मुखियासाहेबले अझ थपे , “पूरै दश युआन मैले बढाउन लगाएको छु । यो रकम पहिलेको भन्दा निकै बढी हो । यदि तिम्रा सासुससुराले ‘तिमी घरबाट जाऊ’ भनी भन्दछन भने तिमीले गइदिनुपर्दछ । माथ्लो निकायको कुरा नसोच । त्यहाँका साहेब पनि सङ््घाई ,बेइजिङग वा अन्यत्रका साहेब जस्तै नै हुन । मेरो कुरामा तिमीलाई पत्यार हुन्न भने यी …यिनीसँग सोध । यिनी पनि बेइजिङ््गमा छन र टाढा देशबाट उच्च शिक्षा आर्जन गरेर फर्केका हुन ।”मुखियासाहेबले चुच्चे चिउँडो भएका एक जनातिर इङ्गित गर्दै सोधे ,“के मेरो कुरो बेमनासिब छ त , हजुर ?” “पटक्कै बेमनासिब होइन ।” उसले भन्यो ,“हजुरले जे मर्जी भयो ,खास कुरो त्यही नै हो ।” आई गू एकदम एक्लै परी । उसका बुबा चुआङ मू पनि केही बोलिरहेका थिएनन । दाजुभाइहरू यो जोखिमबाट पन्छनका लागि त्यहाँ आउनै चाहेनन । वेई पहिलेदेखि नै उनीहरूको पक्षबाट बोलिरहेको थियो र अब मुखियासाहेबले पनि उसलाई निराश बनाइदिए । चुच्चो चिउँडेले पनि उनैका कुरामा सही थापे । तैपनि उसले एक पटक फेरि पनि आफ्नो कुरोमा अडिने ठहर गरी । “के रे ,के मुखियासाहेब पनि..” आश्चर्य र असन्तुष्टिले उसका आँखा फट्टिए ,भन्नथाली, “हुन त हामी गाउँलेहरू केही नजानेका पाखे भयौं । मेरो बुबा सोझा छन् , आफ्ना कुरा रामरी राख्न नसकेकाले जहिले पनि ठगिने गरेका छन् । तिनको सुद्धिबुद्धि नै हराइसकेको छ । तिनले बुढो पशु र पठ््ठो पशुलाई पनि धेरै छुट दिए र आफ्नो टाउकामा टेकाए ।” “हेर्नुस त,मुखियासाहेब !” उसको पछाडि चुप लागेर यसको कुरो सुनिरहेको पठ््ठो पशु अकस्मात बोल्यो,“हजुरका मुखेन्जी त यस्तो भन्नसक्ने यसले हाम्रो घरमा कस्तो अशान्ति मच्चाएकी होली । मेरो बुबालाई बुढो पशु र मलाई पठ््ठो पशु वा कुजात भन्छे ।” “मैले कहिल्ो तँलाई कुजात भनेँ ?” रिसले रन्थनिँदै आई गूले उसलाई झम्टिउँलाउँला झैं गरी र मुखियासाहेबतिर फर्कँदै भनी,“यिनका बारेमा मैले अझ कतिपय कुरो भन्ने बाँकी छ ,अब ती सब मैले सबैका मुखेञ्जी नै भन्छु । ले पनि तुच्छ व्यवहार नै ग¥यो ,जहिले पनि सँुगुर्नी र कुकुर्नी मात्र भन्थ्यो । त्यो वेश्येसँग लागेपछि त झन मेरो बाउबाजे उडकेर सराप्न थाल्यो । त्यसैले मुखियासाहेब यो कुरोको पनि मैले न्याय पाउनुपर्छ …। ”उ अझ केही भन्न खोज्दै थिई तर साहेबको रौद्र रुप देखेर शब्दहरू ओठमै विलाए । मुखियासाहेबले कोठामा आँखा डुलाए र बाटुलो मुन्टो चलाएर यताउती हेरे र कालो जुँङा मुसार्दै मुखियासाहेब कर्कश स्वरमा कराए,“यता आ..” आई गू डराई । मुटुको ढुकढुकी रोकिएजस्तो भान भयो उसलाई । मुटु छियाछिया भएर छरपष्ट हुन लागेको हो कि जस्तो ठानी उसले । लडाइमा पराजय भइसकेको छ । उसले बेमनासिब कदम चालिछ र उ नराम्ररी पछारिई । उसलाई लाग्यो यो सब उसकै विराम थियो । निलो गाउन र कालो ज्याकेट लगाएको एउटा सिकुटे जवान हत्तपत्त भित्र पस्यो र साहेबको सम्मुख सतर्क मुद्रामा हलचल नगरी उभियो । कोठा चकमन्न भयो । सातौँ मुखियाका ओठ चलमलाए तर त्यो अर्दलीबाहेक कसैले केही पनि सुनेनन् । त्यही मुद्रामा उभिईरहेको अर्दलीले बडो अदब र पूmर्तिसाथ हवस हजुर भन्दै सलाम ठोक्यो र केही पाइला कवाजी चालमा उल्टो सर्दै पछाडि फर्केर बाहिर निस्क्यो । आई गूलाई लाग्यो –अब केही छिनमै जे हुँदै छ त् जोड दिँदै उसले अझ थप्यो ,“यदि तपाई यो मामिला बोकेर राजाकहाँ जानुभयो भने पनि यो भन्दा उत्तम निसाफ पाउनु हुन्न । यस्तो त अरूले हैन ,मुखियासाहेवले मात्र गर्न सक्नु हुन्छ ।” सातौं मुखिया दङ्ग परेर आफ्नो चिम्सो आँखा च्यातेर ‘बुझिस् त’ भनेझैं गरी टाउको हल्लाउँदै चुआङ मू सानलाई हेरिरहेको थियो । परिस्थिति जटिल बन्दै गएको आई गूले देखी । सबैको दृष्टि बुबामाथि अडिएको थियो र बुबा उदेकलाग्दो गरी मौन थिए ,केही बोल्न सकिरहेका थिएनन् । यो अलि नचाहिँदो कुरो भइरहेको जस्तो लाग्यो उसलाई । हुन त मुखिया साहेबको सबै कुरो मान्ने पक्षमा ऊ थिइन तर पनि मुखियासाहेबलाई उसले कल्पना गरेझैं डरलाग्दो होइन बरु एक सहृदयी बुज्रुकका रूपमा हेर्न थालेकी थिई । ‘मुखियासाहेब घटनाका यथार्थ कुराहरूलाई राम्रोसँग ग्रहणगर्न सक्ने सामथ्र्य भएका मानिस हुन । ती हामी गाउँलेजस्ता होइनन् । अहिलेसम्म मसँग जेजति बेकाइदा र अनर्थ गरिएको छ ती कुरा मैले कतै भन्न पाएकी थिइनँ । अब ती सब कुरा मुखिया साहेबसँग भन्ने छु ’ भन्ने दृढ निश्चयका साथ आई गू भन्न लागी, “मैले सदैव इमान र निष्ठापूर्वक शिहको घरको एउटी कूशल गृहिणी बन्ने भरिसक्ये प्रयास गरिरहेँ । असल पत्नीको कर्तव्य निर्वाह गर्न चुकेको अझसम्म कुनै त्यस्तो घटना वा क्षण मेरो स्मृतिमा छैन तर उनीहरूले मलाई सदैव दुःख दिने र सताउने काम मात्र गरिरहे । घरका प्रत्येक सदस्यले मउपर कहर मात्र थोपरिरहे । त्यै वर्ष न्याउरीले एउटा कुखुरा मारेछ । त्यसको दोष पनि उनीहरूले मैले खोर बन्द गरिन भन्ने आरोप लाउँदै मेरै थाप्लोमा थोपरिदिए । त्यो त त्यही लुते कुकुरको काम थियो जसले ढोका घचेटेर दाना चोरेर खायो होला । थुक्क ! त्यति जाबो कुरो पनि थाहा पाउन नसक्ने स्वाँठ ! अझ मेरो गाला पो चडकायो त्यसले ।” मुखियासाहेबले आई गूतिर हेरे । ऊ भन्दै गई , “मलाई लाग्दछ –यो सबको पछाडि कुनै कारण हुनुपर्दछ । कतिपय कुराहरू , जुन अरूहरूले फजुल ठानिरहेका छन्,तिनमा यहाँले अवश्य ध्यान दिनु हुनेछ । सत्य र यथार्थ जान्न चाहनेहरू त घटनासँग सम्बद्ध हरेक कुराहरूसँग परिचित हुनुपर्छ । एउटी नकच्चरीसँग उसको हिमचिम बढ््दै गएको थियो । त्यो नकच्चरी मलाई आफ्नो मार्गको काँडा देख्न थालेकी थिई र मलाई त्यो घरबाट खेदन चाहन्थी । उसँग त सामाजिक ,धार्मिक रीतिरिवाज अनुसार मेरो विवाह भएको थियो । समाजलाई साक्षी राखेर उसले मलाई वरण गरेको थियो । म त ब्याहिते हुँ । डोलीमा बसाएर घरमा भित्र्याएको थियो अनि त्यो नकच्चरीको इच्छा पूरा हुन सक्थ्यो र ? तर हेर्नुस्त ती शरमहाराहरूलाई …। यदि निसाफ दिन सक्नुहुन्न भने हामी माथि जान वाध्य हुन्छौ नै ।” “मुखियासाहेबलाई सबै कुरो थाहा छ ।” मास्तिर हेर्दै वेईले भन्यो , “आई गू यदि तिमीले आफ्नो हठ छोेडिनौ भने अन्त्ततोगत्वा तिमीलाई कुनै लाभ हुने छैन । हेर, तिम्रो बुबा कति गम्भीर छन् । मलाई त तिमी र तिम्रा दाजुभाईउपर टीठ लागिरहेछ । विचार गर न , यदि तिमीहरू माथिल्लो निकायमा निसाफ माग्न गयौ भने के मुखिया साहेबलाई यो प्रकृयाबाट अलग्याउन सक्छौ त ? सक्दैनौ नि । तर फेरि समस्या दुनियाँका सामु पुग्छ अनि त भन्न सकिन्न – तिमीहरू लाभ पाउँछौ वा हानि बेहोर्नु पर्ला …यस्तै त हुँदै आएको छ नि..।” “त्यस्तै प¥यो भने म पनि छोडदिन , जे सुकै बेहोर्नु परोस्न यसै पीडित उसै पीडित । ” आई गूले भनी । “त्यस्तो निराश हुनुपर्दैन ,नानी ।” मुखिया साहेबले मसिनो तर गम्भीर स्वरमा भने ,“तिमी अहिले तरूनी छ्यौ । तिम्रो उमेरै कति पो भा छ र ? बाँच्नका लागि सिङ्गो जिन्दगी बाँकी छ । त्यसैले हतारमा होइन ,आवेशमा होइन ,शान्तिपूर्ण तरिकाले समस्याको समाधान खोज्नुपर्छ ताकि बाँकी जिन्दगी सुखचैनले बाँच्न सकियोस । शान्तिले नै वैभव मिल्ने हो नि, हो कि होइन ,भन त ?” मुखियासाहेबले अझ थपे , “पूरै दश युआन मैले बढाउन लगाएको छु । यो रकम पहिलेको भन्दा निकै बढी हो । यदि तिम्रा सासुससुराले ‘तिमी घरबाट जाऊ’ भनी भन्दछन भने तिमीले गइदिनुपर्दछ । माथ्लो निकायको कुरा नसोच । त्यहाँका साहेब पनि सङ््घाई ,बेइजिङग वा अन्यत्रका साहेब जस्तै नै हुन । मेरो कुरामा तिमीलाई पत्यार हुन्न भने यी …यिनीसँग सोध । यिनी पनि बेइजिङ््गमा छन र टाढा देशबाट उच्च शिक्षा आर्जन गरेर फर्केका हुन ।”मुखियासाहेबले चुच्चे चिउँडो भएका एक जनातिर इङ्गित गर्दै सोधे ,“के मेरो कुरो बेमनासिब छ त , हजुर ?” “पटक्कै बेमनासिब होइन ।” उसले भन्यो ,“हजुरले जे मर्जी भयो ,खास कुरो त्यही नै हो ।” आई गू एकदम एक्लै परी । उसका बुबा चुआङ मू पनि केही बोलिरहेका थिएनन । दाजुभाइहरू यो जोखिमबाट पन्छनका लागि त्यहाँ आउनै चाहेनन । वेई पहिलेदेखि नै उनीहरूको पक्षबाट बोलिरहेको थियो र अब मुखियासाहेबले पनि उसलाई निराश बनाइदिए । चुच्चो चिउँडेले पनि उनैका कुरामा सही थापे । तैपनि उसले एक पटक फेरि पनि आफ््नो कुरोमा अडिने ठहर गरी । “के रे ,के मुखियासाहेब पनि..” आश्चर्य र असन्तुष्टिले उसका आँखा फट्टिए ,भन्नथाली, “हुन त हामी गाउँलेहरू केही नजानेका पाखे भयौं । मेरो बुबा सोझा छन् , आफ््ना कुरा रामरी राख्न नसकेकाले जहिले पनि ठगिने गरेका छन् । तिनको सुद्धिबुद्धि नै हराइसकेको छ । तिनले बुढो पशु र पठ््ठो पशुलाई पनि धेरै छुट दिए र आफ्नो टाउकामा टेकाए ।” “हेर्नुस त,मुखियासाहेब !” उसको पछाडि चुप लागेर यसको कुरो सुनिरहेको पठ््ठो पशु अकस्मात बोल्यो,“हजुरका मुखेन्जी त यस्तो भन्नसक्ने यसले हाम्रो घरमा कस्तो अशान्ति मच्चाएकी होली । मेरो बुबालाई बुढो पशु र मलाई पठ्ठो पशु वा कुजात भन्छे ।” “मैले कहिल्ो तँलाई कुजात भनेँ ?” रिसले रन्थनिँदै आई गूले उसलाई झम्टिउँलाउँला झैं गरी र मुखियासाहेबतिर फर्कँदै भनी,“यिनका बारेमा मैले अझ कतिपय कुरो भन्ने बाँकी छ ,अब ती सब मैले सबैका मुखेञ्जी नै भन्छु । ले पनि तुच्छ व्यवहार नै ग¥यो ,जहिले पनि सँगुर्नी र कुकुर्नी मात्र भन्थ्यो । त्यो वेश्येसँग लागेपछि त झन मेरो बाउबाजे उडकेर सराप्न थाल्यो । त्यसैले मुखियासाहेब यो कुरोको पनि मैले न्याय पाउनुपर्छ …। ”उ अझ केही भन्न खोज्दै थिई तर साहेबको रौद्र रुप देखेर शब्दहरू ओठमै विलाए । मुखियासाहेबले कोठामा आँखा डुलाए र बाटुलो मुन्टो चलाएर यताउती हेरे र कालो जुँङा मुसार्दै मुखियासाहेब कर्कश स्वरमा कराए,“यता आ..” आई गू डराई । मुटुको ढुकढुकी रोकिएजस्तो भान भयो उसलाई । मुटु छियाछिया भएर छरपष्ट हुन लागेको हो कि जस्तो ठानी उसले । लडाइमा पराजय भइसकेको छ । उसले बेमनासिब कदम चालिछ र उ नराम्ररी पछारिई । उसलाई लाग्यो यो सब उसकै विराम थियो । निलो गाउन र कालो ज्याकेट लगाएको एउटा सिकुटे जवान हत्तपत्त भित्र पस्यो र साहेबको सम्मुख सतर्क मुद्रामा हलचल नगरी उभियो । कोठा चकमन्न भयो । सातौँ मुखियाका ओठ चलमलाए तर त्यो अर्दलीबाहेक कसैले केही पनि सुनेनन् । त्यही मुद्रामा उभिईरहेको अर्दलीले बडो अदब र पूmर्तिसाथ हवस हजुर भन्दै सलाम ठोक्यो र केही पाइला कवाजी चालमा उल्टो सर्दै पछाडि फर्केर बाहिर निस्क्यो । आई गूलाई लाग्यो –अब केही छिनमै जे हुँदै छ त्यो उसको अनुकुलको हुने छैन । र,यदि उसले विरोध गरी भने पनि उसलाई उनीहरूको निर्णय मान्न बाध्य बनाउने बन्दोबस्त उनीहरूले गरिसकेको हुनुपर्छ …. अब उसका सामु एउटै मात्र उपाय छ……त्यो हो मुखियासाहेबको प्रस्ताव स्वीकार गर्नु । उसका लागि यही एकमात्र बाटो थियो । उसको मुखबाट चिसा शब्दहरू अनायासै यसरी प्रवाहित भए ,“म मुखिया साहेबको फैसला मान्न सदैव तयार नै छु ।”उसको बोलीमा गहिरो पीडा कतै लुकेको थियो । कोठा एकपटक फेरि चकमन्न भयो । हुन त उसको स्वर रेशमको धागोझैं मुलायम नै थियो तर वेईलाई त्यो मधुरो स्वर पनि अचानक आकाशमा गर्जेको चट््याङझैं लाग्यो । “आहा,कति राम्रो विचार !” वेईले तोक लाउँदै भन्यो , “यस मामिलामा मुखियासाहेबको फैसला न्यायपूर्ण छ र आई गूको भनाई पनि मनासिव नै भन्नुपर्दछ । चुआङ मू,यसमा तिमीले आपत्ति मान्नु पर्ने कुरो केही छैन किनकि तिम्री छोरी पनि यसमा राजी भइसकेकी छिन् । मलाई लाग्दछ तिमीले विवाहको लिखत (सम्झौता ) जस्तो कि मैले पहिले नै भनेको थिएँ , लिइसकेको हौला र त्यो ल्याएको हुनुपर्छ । अब बिलम्व नगरीकन त्यो लिखत दुबै पक्षले झिकौं । ”

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर