नेभिगेसन मेनु

वेस्ट इन्डिज 'ए'विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोलीको घोषणा
सम्पादक:南亚网络电视
समय:2024-04-25 13:59

1714024381372_8SK8qE8HO7

वेस्ट इन्डिज 'ए' सँग टी-२० शृङ्खला खेल्ने नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज १६ सदस्सीय टोली घोषणा गरेको हो । 

रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल छन् । त्यस्तै, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा, विवेक यादव र आकाश चन्द पनि टोलीमा समावेश छन् ।

एसीसी प्रिमियर कप खेलेका सबै खेलाडीहरुलाई निरन्तरता दिँदै घोषित नेपाली टोलीमा आरिफ शेख थपिएका हुन् । 

नेपालले विश्वकप तयारीका लागि वेस्ट इन्डिज ‘ए’सँग घरेलु मैदानमा पाँच खेलको टी–२० शृंखला खेल्दैछ । नेपालविरुद्ध खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली हिजो काठमाडौँ आइसकेको छ । 

शृंखलाअन्तर्गत पहिलो खेल शनिबार खेलिंदैछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर