नेभिगेसन मेनु

आईपीएल : गुजरातमाथि दिल्लीको रोमाञ्चक जित, सबैभन्दा धेरै रन खाने बलर बने मोहित शर्मा
सम्पादक:南亚网络电视
समय:2024-04-25 12:42

mohit-sharma_MtQQkLUmdO

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि ४ रनको रोमाञ्चक जित निकालेको छ।

दिल्लीमा भएको खेलमा कप्तान ऋषव पन्तले ४३ बलमा अविजित ८८ रन बनाएपछि घरेलु टोलीले २० ओभरमा चार विकेट गुमाउँदै २२४ रनको योगफल तयार पार्यो। पन्तले ४३ बलमा पाँच चौका र आठ छक्का प्रहार गरे।

अक्षर पटेलले पाँच चौका र चार छक्काको सहयोगमा ६६ रन बनाए भने ट्रिस्टान स्टब्सले सात बलमा तीन चौका र दुई छक्काको मद्दतमा २६ रनको विस्फोटक पारी खेले।

बलिङतर्फ गुजरातका सन्दिप वारियरले तीन विकेट लिए। मोहित शर्माले आईपीएल इतिहासमै एउटै इनिङ्समा सबैभन्दा धेरै रन खाने रेकर्ड बनाए।

चार ओभर बलिङ गरेका शर्माको बलमा दिल्लीका ब्याटरले ७३ रन बनाए। मोहितले अन्तिम ओभरमा मात्र ३१ रन दिएका थिए।

१८ ओभर सकिँदा १७१ को योगफल बनाएको दिल्लीले अन्तिम दुई ओभरमा ५३ रन बनाउँदा बलियो लक्ष्य खडा गर्न सफल भएको थियो।

२२५ रनको लक्ष्य पछ्याएको गुजरात २० ओभरमा आठ विकेट गुमाउँदा २२० रन बनायो। उसका लागि साइ सुदर्शनले सात चौका र दुई छक्काको सहयोगमा ६५ रन बनाए भने डेविड मिलरले २३ बलमा ५५ रनको योगदान दिए।

बलिङतर्फ रसिक सलामले तीन विकेट लिँदा कुलदिप यादवले दुई विकेट हात पारे। जितसँगै दिल्ली आठ अंकसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ। गुजरात टाइटन्स पनि समान आठ अंकसहित सातौं स्थानमा छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर